भाद्र २, २०८३ मंगलबार August 18, 2026

९ जना राष्ट्रिय टिमका खेलाडीसहित मछिन्द्रको टिम घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मछिन्द्र क्लबले शहीद स्मारक ए डिभिजन लिगको लागि टिम सार्वजनिक गरेको छ । राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जन र यू-२३ टिमका कप्तान सुजल श्रेष्ठसहित राष्ट्रिय टिमका ९ खेलाडी समावेश गरी मछिन्द्रले टिम घोषणा गरेको हो ।

टिममा अभिषेक रिजाल, विजय धिमाल, विशाल श्रेष्ठ, विशाल राई, दीपक राई, वुद्ध चेमजोङ, देवेन्द्र तामाङ, हेमन गुरूङ, रंजित धिमाल, योगेश गुरूङ, सूर्य अधिकारीलगायत १७ जना रहेका छन् ।

ए डिभिजन लिग २०७६ को उद्घाटन खेलमा मछिन्द्रले भोलि (शनिबार) ब्रिगेड ब्वाईज क्लबसँग खेल्नेछ। यस्तै क्लबले लिगका लागि जर्सीसमेत सार्वजनिक गरेको छ।

क्लबका अध्यक्ष प्रवोध वीर सिंह कंसाकर, कप्तान विराज महर्जन र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालगायतले जर्सी सार्वजनिक गरेका हुन् ।

यस्त‌ै क्लबका मुख्य प्रायोजकमा सान मिगेल रहेको छ । अब क्लबले सान मिगेल मछिन्द्र क्लबको नामबाट लिग खेल्ने क्लबले जनाएको छ ।

एन्फा अध्यक्ष कर्मा छिरिङले मछिन्द्र क्लबले व्यावसायीकरण गर्नको लागि पाइला अगाडि सारेको बताएका छन । तर नेपाली क्लबहरु अझै पूर्ण रुपमा व्यावसायी भइनसकेकोले त्यसका लागि पहिले क्लब स्थापित हुनु पर्ने बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार