असोज १४, २०८३ बुधबार September 30, 2026

काठमाडौंका पहिलो मेयर जनकमान श्रेष्ठको निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । काठमाडौंका पहिलो जननिर्वाचित मेयर जनकमान श्रेष्ठको ९२ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । श्रेष्ठको निधन विहान ७ बजे टेकुस्थित आफ्नै निवासमा भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

एक वर्षदेखि कलेजोको क्यान्सरबाट पीडित श्रेष्ठको निधनमा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शोक व्यक्त गरेका छन् । शाक्यलाई मेयर जिताउन काठमाडौंका पहिलो मेयर जनकमान २०७४ सालको चुनावमा आफैं मतदातामाझ पुगेका थिए । उनको आजै पशुपति आर्यघाटन दाहसंस्कार गरिएको छ ।
आजभन्दा ६६ वर्षअघि २०१० सालमा भएको काठमाडौं नगरपालिकाको पहिलो निर्वाचनमा तत्कालिन नेपाल कम्युनिस्ट पार्टीको समर्थनमा श्रेष्ठ मेयर निर्वाचित भएका थिए । यद्यपि उनी कम्युनिस्ट पार्टीका सदस्य थिएनन् ।

त्यसबेला नगर सभापति भन्ने चलन थियो । जनकमान सभापति र प्रयागराज सिंह सुवाल उपसभापति भएका थिए । काठमाडौं नगरपालिकाको दोस्रो निर्वाचनमा प्रयागराज मेयर निर्वाचित भएका थिए । उनी पछि पन्चायकालमा मन्त्री समेत भएका थिए ।

राजनीतिमा वितृष्णा जागेपछि उनी न्याय सेवामा प्रवेश गरे । विस २०१६ सालमा चिसापानी इलाका अदालतको न्यायाधीशमा नियुक्त भएका उनी विशेष अदालतको न्यायाधीश समेत बने । विपि कोइराला र गणेशमान सिंहको मुद्दाको फैसला गरेका उनको सुपुर्दगी सम्बन्धी फैसलाले पनि चर्चित छ ।

स्वर्गीय श्रेष्ठका श्रीमती एक छोरी र एक छोरा छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युरोपेली नेसन्स लिगमा क्रोएसियामाथि स्पेनको फराकिलो जित
२०८३ असोज १५, बिहिबार
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार