श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

काठमाडौं महानगरले घोषणा गर्‍यो ‘सडक मानव मुक्त’ अभियान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक मानवमुक्त सहर अभियान घोषणा गरेको छ । काठमाडौंलाई सडक मानव मुक्त बनाउनका लागि भन्दै ३ महिने अभियान घोषणा गरिएको हो ।
महानगरको २५ औं वार्षिकोत्सवका अवसरमा आइतबार बसन्तपुरमा आयोजित समारोहमा महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले अभियानको घोषणा गरेका छन । यो अभियान ३ महिनासम्म चल्नेछ ।
बेसहराहरुलाई आश्रय दिदै आएको मानव सेवा आश्रमको सहयोगमा अभियान सुरु गरिएको हो । ३ महिनासम्म अभियान चलाइने र त्यसपछि महानगरलाई सडक मानवमुक्त महानगर घोषणा गरिने मेयर शाक्यले बताएका छन ।

सडक मानवमुक्त बनाउन सबै पक्षसँग सहयोगका लागि उनले अपिल समेत गरेका छन । ‘सडकमा कोहि बेसहरा देख्नु भयो भने तत्कालै सम्पर्क गर्नुहोस, यो अभियानमा सबैको सहयोग आवश्यक छ’ उनले भने, ‘सञ्चारकर्मीको त यसमा झन ठूलो भूमिका छ, सहयोग गर्नुहुन म आग्रह गर्न चाहन्छु ।’

यसअघि भरतपुर महानगरपालिकालाई सडक मानवमुक्त सहर घोषणा गरिएको थियो । आइतबारदेखि नै काठमाडौं महानगरपालिका २४ वर्ष पूरा गरेर २५ औं वर्षमा प्रवेश गरेको छ । २०५२ साल मंसिर २९ गते तत्कालिन काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो । महानगरपालिका २५ वर्ष पुगेको अवसरमा आइतबार विभिन्न कार्यक्रमहरु गरी वार्षिकोत्सव मनाइएको छ ।

२५ वर्ष प्रवेश गरेको अवसरमा आइतबार वसन्तपुरमा आयोजना गरिएको भव्य समारोहकाबीच विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई सम्मान गरियो । समारोहमा ज्यापु समुदायका परम्परागत ६३ गुठी, खड्गी समुदायका ६० गुठी, गुँला बाजाका २३ वटा समूहका बाजा गुरुहरुलाई नगद सहित सम्मान गरिएको छ ।

त्यसैगरी मखन टोल र किलागल टोलमा विराजमान परम्परागत दुई जीवित देवी कुमारी लगायत इन्द्रजात्राका अवसरमा निकालिने पुलुकिसी, दीप्याखं, लाखे, आकाश भैरव (सवःद्यः) र श्री करुणामय पँय्ताः बाजाका बाजा गुरुहरूलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ । गत वर्ष जस्तै यसपटक पनि व्यक्तिगत र संस्थागत रुपमा नियमित कर तिर्ने उत्कृष्ट करदातालाई पनि सम्मान गरिएको छ ।

त्यस्तै महानगर दिवसका अवसरमा आधारभूत तह (कक्षा १ देखि ८ सम्म) स्तरीय ‘मेरो काठमाडौं, म बनाउँछु’ विषयमा निबन्ध प्रतियोगिता र माध्यमिक तह (कक्षा ९ र १०) स्तरीय ‘सांस्कृतिक शहर, काठमाडौं नगर’ विषयमा कविता प्रतियोगिता आयोजना गरेर उत्कृष्टलाई महानगरले पुरस्कृत समेत गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
२०८३ श्रावण २९, शुक्रबार
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ पदमा जागिर खुल्यो, भदौ १२ सम्म आवेदन
२०८३ श्रावण २९, शुक्रबार
सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
२०८३ श्रावण २९, शुक्रबार
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
‘विगत बिर्सेर कांग्रेस एकताका लागि पहल गरौँ’ : डा. प्रकाशशरण महत
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार