भाद्र ९, २०८३ मंगलबार August 25, 2026

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। शनिबार उद्घाटन भएको लिगमा आइतबार कुनै खेल भएनन् । सोमबार भने त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र एन्फा कम्प्लेक्स सातदोबाटोमा एक–एक खेल हुनेछन् । पहिलो खेलमा त्रिभुवन बर्मी क्लब र फ्रेण्ड्स क्लबबीच दिउँसो साढे १२ बजे एन्फा कम्प्लेक्समा हुनेछ । यस्तै, दोस्रो खेल संकटा क्लब र च्यासल युथ क्लबबीच दिउँसो साढे २ बजे दशरथ रंगशालमा हुनेछ ।

यसअघि भएको उद्घाटन खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइजलाई २–० ले पारजित गरेको थियो ।

लिगमा १४ क्लबको सहभागिता रहेको छ । विजेताले लिग ट्रफीसहित नगद ५० लाख हात पार्नेछ । मनाङ–मर्स्याङ्दी क्लब लिगको साविक विजेता हो । गत वर्ष नन रेलिगेसन लिग गरेको एन्फाले यस सिजन पुछारको एक क्लब घटुवा हुने प्रावधान राखेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पशुमा रेबिज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
२०८३ भाद्र ९, मंगलबार
त्रिविको परीक्षा प्रणाली विद्यार्थीमैत्री बनाउन स्ववियुको १० बुँदे माग
२०८३ भाद्र ९, मंगलबार
गण्डकीमा सत्ता समीकरण फेरिँदै, एमालेका मन्त्रीले राजीनामा दिने
२०८३ भाद्र ९, मंगलबार
सुनचाँदीको मूल्यमा सामान्य घट्बढ
२०८३ भाद्र ९, मंगलबार
डिष्ट्रिक्ट ३२५ के, नेपालले असोज पहिलो साता लायन्स लिडरशिप क्याम्प आयोजना गर्ने
२०८३ भाद्र ९, मंगलबार
पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
२०८३ भाद्र ९, मंगलबार
दुई दशकदेखि लोकसंगीतमा सानु सुर्खाली, तीजमा ल्याइन् ‘यो साल माइती आइन’ (भिडियो)
२०८३ भाद्र ९, मंगलबार