असोज ९, २०८३ शुक्रबार September 25, 2026

खेलाडीको स्तर मापन मेडलबाटः खेलकुद मन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । खेलकुद विकासको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सोमबार दफावार छलफल भएको छ।

छलफलमा भाग लिने सांसदहरुले अन्तर्राष्ट्रिय खेलाडीको परिभाषामाथि संशोधनको प्रस्ताव पेश छन्। कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्ने खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिनुपर्ने संशोधन परेको छ। सांसद जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्ने निकायको नाम नै कोट गरिनुपर्ने र ओलम्पिक कमिटीको छाताभित्र हुने खेलहरुमा सहभागि खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिनुपर्ने बताएका छन।

सांसद सरिता गिरीले राष्ट्रिय, अन्तर्राष्ट्रिय र प्रदेशस्तरमा हुने खेलहरुको संयोजन हुनेगरि कुनै स्पष्ट शब्द राखिनुपर्ने बताएन्। सांसद रंगमति शाहीले विधेयकमाथि परेको संशोधनहरु के कति आवश्यक छन् त्यसको विषयमा टुंगो लगाएर अरु कुराहरु पछि पनि थप्न सकिने बताइन्।

सांसदहरुको संशोधन प्रस्तावमाथि जवाफ दिँदै युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले देशको प्रतिनिधित्क गर्ने सबै खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिन नसकिने बताएका छन। केही समयअघि सम्पन्न साग प्रतियोगिताको उदाहरण दिँदै उनले भने, ‘सागमा नेपालको तर्फबाट ६ सय बढी खेलाडीहरु सहभागी थिए। ६ सय खेलाडीहरुलाई नै अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दियौँ भने त्यो कति उपयुक्त हुन्छ ? हाम्रो देशको प्रतिनिधित्व स्वभाविक गराउनु थियो। कतिपय अवस्थामा स्तर नपुगेका खेलाडीहरुपनि देशको छनोटमा ए ग्रेडमा परे। तर अन्तर्राष्ट्रिय स्ट्याण्डरमा त्यो हैसियत नपुगेको खेलाडीलाई कसरी मान्यता दिने। एउटा स्तर त मापन हुनुप(यो। स्तर मान गर्ने भनेको मेडल हो।’

बैठकमा ऐनको नाम राष्ट्रिय खेलकुद विकास ऐन राख्ने विषयमा सहमति जुटेको छ। समिति सभापति जयपुरी घर्तिले नामको विषयमा सहमति जुटेसँगै अर्को बैठक पुस ४ गतेका लागि आह्वान गरेकी छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्यालय बन्द
भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द
२०८३ असोज ८, बिहिबार
ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट
२०८३ असोज ८, बिहिबार
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३ असोज ८, बिहिबार
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार
२०८३ असोज ८, बिहिबार
तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह
२०८३ असोज ८, बिहिबार
कांग्रेस महाधिवेशनः ६६ जिल्लाका ६३० जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न
२०८३ असोज ८, बिहिबार
यी हुन् एमाले केन्द्रीय कमिटी बैठकका २२ निर्णय : विद्या भण्डारी वरिष्ठ नेता, २७ जना मनोनीत
२०८३ असोज ८, बिहिबार