श्रावण १४, २०८३ बिहिबार July 30, 2026

उपनिवेशवादको नयाँ रूपमा एनजीओ- हुकुम बहादुर सिंह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विश्वव्यापीकरणको चरणमा, खासगरी सोभियत संघ र पूर्वी युरोपमा कम्युनिस्ट सत्ताहरूको विघटनपछि, एनजीओहरूले विश्वव्यापीकरण र उदारवादीकरणको खराव असरलाई न्यूनीकरण गर्ने उनीहरूको प्रमुख कामका रूपमा जिम्मा लिए । तिनीहरूले विश्वव्यापीकरणको विरोध त गरेका छैनन तर संयुक्त राष्ट्र संघका कर्मचारीहरूले यसलाई भनेझै ‘सहभागिमूलक विश्वव्यापीकरण’ अथवा जनतालाई संलग्न गरेर यसलाई कार्यान्वयन गर्न चाहन्छन । तिनीहरूले मानव अनुहार, टिकाउ विकास र अन्यसित विश्वव्यापीकरणका लागि अभियान चलाउछन । तिनीहरूले जनताको बीचमा भ्रमको निर्माण गर्दछन कि बिश्व बैंक, आइएमएफ, डब्लुटिओ, एडिबी र अरूहरूजस्तै साम्राज्यवादी संस्थाहरूलाई सुधार गर्न सम्भव छ । यसरी तिनीहरूले साम्राज्यवादका विरूद्ध जनसमूहको क्रोधलाई कम पादै लैजाने कोशिस गर्दछन र उनीहरूलाई सुधारवादी विचारधारातिर मोडी दिन्छन ।

यी एनजीओहरू जसलाई हामी जनमैत्री छन भन्ने सोंच्दछौ, लोकपृय असन्तुस्टीलाई संवैधानिक माग, शान्तिपूर्ण र कसैलाई नोक्सानी नगर्ने तरिकाले ‘सुरक्षित निकास’का रूपमा काम गरेर त्यससंगै मिलाउने काम गर्दछन् । तिनीहरूले उत्पीडित जनतालाई विभिन्न शाखामा विभाजित गर्न खोज्दछन र पहिचानले त्यसकारण वर्गीय एकताको विकासलाई रोक्छ । तिनीहरूले वर्गीय विभाजनलाई मेटाउन र अध्यारो पार्न खो्ज्दछन र सामाजिक समूहहरूभित्र फरक गर्न खोज्छन । तिनीहरूले पहिचानको आधारमा मात्रै जस्तै लिंग, महिला, जात, जाति, र राष्ट्रियताका आधारमा उत्पीडत र उत्पीडक बिचमा एकता गरेर अझ वर्ग विभाजन मेटाउन चाहन्छन र सामाजिक समूहहरूभित्र विभेद गर्न खोज्छन र वास्तवमा, एनजीओहरूले उत्पीडीतहरूको बिचमा गलत विश्वास मनमा पारिदिन कोशिस गर्छन कि पु“जीवादको विकल्प छैन र पुजीवादले अन्तीम बिजय पाइसकेकोछ । तिनीहरूले घोषणा गर्छन कि माक्र्सवाद समय सिद्धिएको एउटा औषधी जस्तै भइसकेकोछ र साम्यवाद मरिसकेको छ, र त्यसैले जो कोहीले पनि नागरिक समाजको लोकतान्त्रिकरणद्धारा र मानव अनुहारलाई हसिलो बनाउने विश्वव्यापीकरणद्धारा वर्तमान विश्वमा सुधार गर्ने कोशिस गर्नु पर्छ । तिनीहरूले एउटा राज्य विरूद्धको कदम लिन्छन जुन बाहिरी रूपले प्रगतिशील बृतमा आकर्षक देखिन्छन । यद्यपि, स–सानो स्तरमा नीजीकरणलाई पुरा गर्ने कोशिस गर्छन, जवकि उनीहरूका मालिकहरूले ठूलो स्तरमा गर्छन । यसरी, जव अन्तराष्ट्रिय पु“जी अर्थतन्त्रको नियमन गर्नमा राज्यको भूमिका कठोर बन्दछ र बजारले राज्यको हस्तक्षेप विना(वास्तविकतामा यो कति गलत छ भन्ने वेग्लै हो ) स्वतन्त्रता पूर्वक कामगर्न चाहन्छ । एनजीओहरूले सेल्फ हेल्प, पारस्परिक सहयोग,सामुदायिक बिकास र अरूहरूको बारेमा कुरा गर्दछन् । राज्य यसरी जागिर, सिंचाई, स्यानीटेसन, सफा खानेपानी, स्वाथ्य हेरचाहा, शिक्षा प्रदान गर्नेआदिजस्ता जनताका सामाजिक उत्तरदायित्वबाट उन्मुक्त भएपछि ,यसको सञ्चालन एनजीओको सहयोगको नामबाट व्यक्तिहरू र निजी समूहहरूका हातमा राखिन्छ ।

यसरी एनजीओहरूले नीजीकरणको सन्दर्भमा साम्राज्यवादसित साझा सवाल बनाउछन । र तिनीहरूले ग्रामीण क्षेत्रहरू र सहरीया फोहर र दुर्गन्धीत वस्तीहरू खासगरी गरीवीले सताइएका जनताका बिचमा ध्यान केन्द्रीत गर्दछन् । उनीहरूको तथाकथित च्यारिटेबुल काम र बिकास योजनाहरूका लागि यस्ता पिछडिएका क्षेत्रहरूलाई प्राथमिकता दिन्छन । यद्यपि यसो गरेर उनीहरूले पिछडिएका जनताहरूको क्रोधलाई प्रभावहीन गर्ने कोशिस गर्दछन् । तिनीहरूले दलीय सक्रियता नभएकाको कुरा गरेर जनताहरूलाई अराजनीतिक बनाउन खोज्छन । तिनीहरूले दावा गर्छन कि तिनीहरू अराजनीतिक छन् र जनताहरूलाई सबै राजनीतिक दलहरूदेखि टाडा रहन आव्हान गर्दछन्, कि तिनीहरूले आफै तिनीहरूका समस्याहरूको समाधान सेल्फ हेल्प, आपसी सहयोगआदिमार्फत समाधान गर्नु पर्छ । यसरी, यस्ता एउटा भद्र अराजनीतिक रणनीतिको वोकालत गरेर एनजीओहरूले वास्तवमा यथास्थितिलाई नै संरक्षण गर्छन र जनतामाथि शासकवर्गको विचारको प्रभाव र राजनीतिलाई जोगाएर राख्न चाहन्छन् । तिनीहरूले आफैलाई राजनीतिक दलहरूको विकल्पको रूपमा देखाउछन् र गरीबहरूको मित्रको रूपमा आफूहरूलाई देखाएर क्रान्तिकारी पार्टीहरूलाई विस्थापित गर्ने कोशिस गर्दछन् ।

तिनीहरूले संघर्षको मार्गबाट अर्कैतर्फ मोडिदिएर, स्थापना र सुधारवादभित्र सबैभन्दा राम्रालाई टिपेर जनतालाई परिचालन गर्नबाट रोक्न खोज्छन । पुजीको सन्दर्भमा तिनीहरू एउटा प्रगतिशीलतालाई र कट्टरपन्थी अनुहार कायम गर्दै वाम बुद्धिजीवीहरूमाथि अत्यधिक मात्रामा निर्भर रहन सफल देखिन्छन । उनीहरूको वितरणमा रहेको विशाल आर्थिक स्रोतलाई एनजीओहरूले वाम बुद्धिजीवीहरूलाई सेमिनारहरू, कार्यशाला गोष्ठिहरू, कनफरेन्सहरूमा सहभागि गराएर र उनीहरूलाई परियोजनाहरूमा सहभागी गराएर र अनुसन्धान र नीति सम्वन्धी इन्स्टिच्युटमा सहभागी गराएर आकर्षण गर्न र टप्प टिप्न सफल भएका छन् । साम्राज्यवादी पुजीद्धारा विश्वभरी सयौको संख्यामा परियोजनाहरू र इन्स्टिच्युटहरू स्थापना गरिएका छन्, जसले साम्राज्यवादीहरूको आवश्यकताअनुसार यिनीहरूको उत्पादन गर्दछन् । आफूहरूलाई यी परियोजनाहरूमा सम्वन्धीत गराएर बुद्धिजीवीहरूले उनीहरूलाई गुन लगाउने काम गर्दछन् र जनताको बिचमा भ्रम सृजना गर्दछन् ।

एन्जीओहरूले जनताका विचारहरूलाई परिवर्तन गर्न ्, विचार निर्माण गर्न र पु“जीवादी शोषणको स्थायीत्वका लागि आवश्यक पर्ने भ्रमहरू र विचार निर्माण गर्न एउटा माध्यमको रूपमा काम गर्दछन । तिनीहरूले यसरी जनताका विचारहरूमा प्रभाव पार्न सक्छन् कि राज्य र शासक वर्गीय पार्टीहरू प्रत्यक्ष रूपले सक्दैनन । आफूहरूलाई स्वार्थरहित लोककल्याणकारीका रूपमा प्रस्तुत गर्ने कोशिस गरेर र जनताको भलाइमा प्रतिवद्ध देखाएर, तिनीहरूले जनताको सहानुभूति जित्न खोज्दछन । तिनीहरूको कट्टरपन्थी, साम्राज्यवाद विरोधी रेटोरिक र विकासवारेका कुरा, आधुनिकिकरण, र ग्रासरूट लोकतन्त्र, नागरिक समाजको लोकतान्त्रिकरण, सामाजिक न्याय, मानवीयता र मानव अधिकार, शसक्तिकरण र अन्यले प्रगतिशील र केही क्रान्तिकारी क्षेत्रहरूलाई धोखा दिन सक्छन । यसरी तिनीहरूले जनसमुदायको बीचमा वैचारिक रहष्यमणीकरण निर्माण गर्ने र्गछन् र साम्राज्यवादी पु“जीद्धारा सजिलो लुटमारका लागि मार्ग बनाइदिन्छन् ।
केही मानिसले जोड दिन्छन कि तिनीहरूले एशीया, अफ्रिका र लेटिन अमेरिकी देशहरूको उपनिवेशिकरणका लागि अन्तराष्ट्रिय पु“जीको हतियारको रूपमा काम गर्दछन । तिनीहरूले यी देशहरूभित्र साम्राज्यवादी पु“जीको घुसपेठका लागि जमिन तयार पार्दछन् र बजारको विस्तार र पु“जीको सजिलो कार्यका लागि वातावरण निर्माण गर्दछन् । उनीहरूको कामका लागि सबैभन्दा पिछडिएको क्षेत्रहरूको छनोट गरेर एनजीओहरूले सामुदायीक बिकासको नाममा, सेल्फ हेल्प समूहहरू प्रवर्धन गर्ने नाममा ती क्षेत्रहरूमा बजार सम्वन्धलाई लागुगर्ने र सक्रियतापूर्वक साम्राज्यवादी समर्थित बिकासका योजनाहरूलाई प्रवर्धन गर्ने मामलामा सफलता प्राप्त गरेका छन् । । तिनीहरू विश्वका सबैजसो देशहरूमा खासगरी पिछडीएका आदिवासी क्षेत्रहरूमा तथाकथित बिकास परियोजनाहरूमा सक्रियातापूर्व संलग्न भएर काम गरेका छन् ।

उत्तर आधुनिकतावादीहरू, जसले सामूहिकभन्दा व्यक्तिगतमा ज्यादा विश्वास गर्दछन, पहिचान जस्तै लिंग, जात,जाति र राष्ट्रिय अस्तित्वका वारेमा कुरा गछर्न र वर्गीय एकताको अवधारणालाई इन्कार गर्दछन । एनजीओहरू साम्राज्यवादका निम्ति क्षेमाप्रार्थी हुन, जसले आफूलाई आकर्षक भाषामा छिपाएर राख्दछन् । तिनीहरूले जनताको दर्दनाक गरीबीमा व्यापार गर्दछन् र साम्राज्यवादी दात्री निकायहरू अथवा व्यक्तिबाट तेस्रो विश्वका गरीबीले सताइएकालाई देखाएर आर्थिक सहयोग खोज्दछन् । परजीवीजस्तै तिनीहरू पिछडिएका महिलाहरू, केटाकेटी र अपाङग जनताको नाममा, विकासको नाममा, सशक्तिकरणको नाममा र अरू धेरैको नाममा प्राप्त आर्थिक सहयोगमा आफू बा“च्दछन् ।

तिनीहरूले तेस्रो विश्वका देशहरूभित्र साम्राज्यवादी राजधानीको घुसपेठलाई न्यायोचित वताउदै साम्राज्यवादका लागि वैचारिक खुराक दिनेवालाका रूपमा सेवा दिन्छन र ती देशहरूका अर्थतन्त्रमाथि साम्राज्यवादको बलियो पकडलाई प्रोत्साहन गर्दछन । त्यसैले साम्राज्यवादीहरू, तिनीहरू जुकाजस्तै स्वार्थी हुन्छन, यस्ता सङ्गठनहरूलाई पालान पोषण गर्न ठुलो धन राशी पोख्दछन । फोर्ड फाउन्डेसन, रकफेलर फाउन्डेसन, कार्नेजी फाउन्डेसन, हेनरिक बोल फाउन्डेसन र यस्ता अनेको सम्राज्यवादी संस्थाहरूले यी एनजीओहरूलाई टिकाइराख्न प्रत्येक वर्ष अरवौ रूपीया“को खोलो बगाउ“छन ।

तिनीहरूले इन्स्टिच्युट, अध्ययन केन्द्रआदि प्रत्येक खालका परियोजनाहरूलाई आर्थिक सहयोग प्रदान गर्छन । उदाहरणका लागि फोर्ड फाउन्डेसनले १९३६मा यसको स्थापनादेखि अहिलेसम्म १० बिलियन डलर्स विश्वका विभिन्न देशहरूमा अनगिन्ति संस्थाहरू र परियोजनाहरूका लागि आर्थिक सहयोग प्रदान गरेको छ । उक्त फाउन्डेसनले १९३६देखि अहिलेसम्म विभिन्न अनुसन्धानमा काम गर्ने विद्धानहरू र बुद्धिजीवीहरूलाई साम्राज्यवादीहरूका लागि सान्दर्भिक विषयमा अध्ययन गर्न सहयोग दिंदै आएको छ ।

गैर नाफामूलक संस्था भएकाले, यी एनजीओहरूले वास्तवमा साम्राज्यवादीका लागि फाइदा बढाउनका निम्ति काम गर्दछन् । यी भेष बदलेका साम्राज्यवादी दलालहरू र तिनका हीतमा काम गर्नेहरूका विरूद्धको लगातारको र नथाक्ने संघर्ष बीना क्रान्तिकारीहरूले सुधारवाद र संवैधानिक भ्रमबाट जनतालाई बाहिर ल्याउन सक्दैनन । यी प्रतिको सजगताको कमिले क्रान्तिकारी पार्टीहरू र क्रान्तिकारी आन्दोलनहरू कमजोर बनाउदै लैजानेछ जुन लेटिन अमेरिकी देशहरूमा भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गृहमन्त्री सुधन गुरुङलाई हटाउन जेन–जी समूहको माग
२०८३ श्रावण १४, बिहिबार
भरतपुर अस्पतालमा सर्प दंशका बिरामीको मृत्यु शून्य
२०८३ श्रावण १४, बिहिबार
सुनसरी घटनाको जिम्मेवारी लिन सरकार तयार छ ? : पदमा अर्याल
२०८३ श्रावण १४, बिहिबार
सुनसरी घटनाबारे संसदमा जानकारी दिन कांग्रेसको माग
२०८३ श्रावण १४, बिहिबार
लुम्बिनीमा मन्त्रालय कटौती, ९ मन्त्रालयबाटै प्रदेश सरकार चल्ने
२०८३ श्रावण १४, बिहिबार
शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी : थप ५६ जनाले पाए रकम
२०८३ श्रावण १४, बिहिबार
संयुक्त राष्ट्रसङ्घद्वारा कङ्गोमा इबोला प्रकोप नियन्त्रण गर्न बलियो प्रतिक्रिया प्रणाली निर्माण गर्न आग्रह
२०८३ श्रावण १४, बिहिबार