असोज ९, २०८३ शुक्रबार September 25, 2026

पोखरा प्रिमियर लिग क्रिकेटमा ज्ञानेन्द्रको शतकसँगै काठमाडौंको पहिलो जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पोखरा । कप्तान ज्ञानेन्द्र मल्लको शतदार शतकसँगै काठमाडौं गोल्डेन वारियर्सले पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा पहिलो जित हात पारेको छ । उसले बुधबार भएको आफ्नो तेस्रो खेलमा धनगढी ब्लुजमाथि १०७ रनको पराकिलो जित हात पारेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित १७ ओभरमा ५ विकेट गुमाएर १८५ रनको विशाल स्कोर खडा गरेको थियो ।

उसका कप्तान मल्लले शतक प्रहार गरे । नेपाली राष्ट्रिय टिमका कप्तान समेत रहेका मल्लले ३७ बलमै शतक बनाएका थिए । यो पीपीलएकै पहिलो शतक हो भने नेपालको घरेलु क्रिकेटमा यो सबैभन्दा छिटो शतकको कीर्तिमान । आफ्नो विष्फोटक इनिङमा मल्लले ८ छक्का र नौ चौका प्रहार गरे ।

मल्ल चौंथो नम्बरमा ब्याटिङ गर्न आएका थिए । सुरुबाटै उनले विपक्षी बलरहरुमाथि आक्रमण गर्न थालेका थिए । भारतीय ब्याट्सम्यान जयकृष्णन कोल्सावालसँग मल्लले ५६ बलमा १३० रनको साझेदारी गरेका थिए ।

शतक प्रहार गरेलगत्तै मल्ल कमल सिंह ऐरीको बलमा आउट भए । कोल्सावालाले ४६ र अमित श्रेष्ठले ३४ रन जोडे ।

जवाफमा धनगढीले १६ ओभरमा सबै विकेट गुमाएर मात्र ७९ रन बनाउन सक्यो । उसका लागि श्रीमान्थाले १५ र रोड्रिगो थोमसले १० रन बनाउनु बाहेक अरु ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

काठमाडौंका बसन्त रेग्मीले तीन विकेट लिँदा सुबोथ भाटी र पवन शरार्फले २-२ विकेट लिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्यालय बन्द
भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द
२०८३ असोज ८, बिहिबार
ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट
२०८३ असोज ८, बिहिबार
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३ असोज ८, बिहिबार
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार
२०८३ असोज ८, बिहिबार
तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह
२०८३ असोज ८, बिहिबार
कांग्रेस महाधिवेशनः ६६ जिल्लाका ६३० जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न
२०८३ असोज ८, बिहिबार
यी हुन् एमाले केन्द्रीय कमिटी बैठकका २२ निर्णय : विद्या भण्डारी वरिष्ठ नेता, २७ जना मनोनीत
२०८३ असोज ८, बिहिबार