असोज ९, २०८३ शुक्रबार September 25, 2026

आईपीएलको अक्सन आज, कुन क्लबसँग कति रकम बाँकी ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल), २०२० को अक्सन आज कलकत्तामा हुँदैछ । आईपीएलको १३ औं संस्करणका लागि १ सय ८६ भारतीय र १ सय ४६ गैरभारतीय खेलाडीबीच अक्सन हुन लागेको हो ।

आईपीएलमा सहभागी ८ क्लबले बोलकबोलमा खेलाडी भित्र्याउने छन् । क्लबहरूसँग न्यूनतम १८ लाख डलरदेखि ६० लाख डलरसम्म अक्सनका लागि बाँकी छ ।
साविक विजेता मुम्बई इन्डियन्सले यो सिजनमा १ करोड २ लाख डलर खर्च गरिसकेको छ । अक्सनका लागि मुम्बईसँग १८ लाख डलर बाँकी छ । उसले दुई भारतीयसहित ७ जना खेलाडी लिन पाउँछ ।

९९ लाख डलर खर्चिसकेको चेन्नई सुपर किंग्सको २१ लाख डलर बाँकी छ । चेन्नई गत सिजनको उपविजेता हो ।

दिल्ली क्यापिटल्ससँग अक्सनका लागि ३९ लाख डलर छ । किंग्स–११ पन्जाबबाट अजिंके रहानेलाई भित्र्याइसकेको दिल्लीले ८१ लाख डलर खर्च गरिसकेको छ । दिल्लीले रिटेन गरिसकेकाले सन्दीप लामिछाने भने अक्सनमा सहभागी हुने छैनन् । उनलाई दिल्लीले दोस्रो पटक रिटेन गरेको हो ।

यस्तै, बढीमा ९ जनासम्म खेलाडी लिनसक्ने किंग्स–११ पन्जाबसँग ६० लाख डलर बाँकी छ । ६० लाख डलर खर्च गरिसकेको कलकत्ता नाइट राइडर्सको ५ लाख डलर बचेको छ । राजस्थान रोयल्सले ४१ लाख डलर खर्चेर खेलाडी अनुबन्ध गर्नसक्नेछ । उसले ७९ लाख डलर खर्च गरिसकेको छ ।

गत सिजनमा अंक तालिकाको पुछारमा रहेको रोयल च्यालेन्जर्स ब्यांगलौरले १२ जनासम्म खेलाडी लिन सक्नेछ । ब्यांगलौरको ३९ लाख बाँकी छ । सनराइजर हैदरावादको अक्सनका लागि २४ लाख डलर बँचेको छ । उसले ९६ लाख डलर खर्च गरिसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्यालय बन्द
भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द
२०८३ असोज ८, बिहिबार
ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट
२०८३ असोज ८, बिहिबार
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३ असोज ८, बिहिबार
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार
२०८३ असोज ८, बिहिबार
तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह
२०८३ असोज ८, बिहिबार
कांग्रेस महाधिवेशनः ६६ जिल्लाका ६३० जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न
२०८३ असोज ८, बिहिबार
यी हुन् एमाले केन्द्रीय कमिटी बैठकका २२ निर्णय : विद्या भण्डारी वरिष्ठ नेता, २७ जना मनोनीत
२०८३ असोज ८, बिहिबार