असोज ९, २०८३ शुक्रबार September 25, 2026

पीपीएलमा काठमाडौंको दोस्रो जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पोखरा । नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा काठमाडौं गोल्डेन्सले लगातार दोस्रो जित हात पारेको छ । सुरुवाती दुई खेल गुमाएको काठमाडौं लगातार दुई जितसँगै अघिल्लो चरण प्रवेशको सम्भावना कायमै राखेको छ ।

शनिबार भएको खेलमा काठमाडौंले बिराटनगर टाइटन्सलाई ३६ रनले हराएको हो ।

१६० रनको लक्ष्य पछ्याएको बिराटनगरले अन्तिम दुई बल खेल्नु अघि सबै विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो ।

उसको सुरुवात भने निकै खराब रुहृयो । मात्र ४१ रन जोड्दा ६ विकेट गुमाइसकेका थियो । तर पुनित मेहरा र नोमन खानले सातौं विकेटका लागि ७७ रनको महत्वपूर्ण साझेदारी गरे ।

आक्रमक सर्टहरु खेलेका मेहराले अर्धशतक बनाए । तर १९ औं ओभरको दोस्रो बलमा एलबीडब्लू धरापमा परे, खेल काठमाडौंको पक्षमा गयो ।

३१ बलको सामना गरेका मेहराले तीन चौका र तीन छक्काको मदतमा ५३ रन बनाए ।

खानले २५ रन बनाए । कप्तान प्रदीप ऐरीले २९ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक नै जोड्न सकेनन् ।

काठमाडौंका सुवोध भाटीले ३ विकेट लिए भने अमर रौतेला र बसन्त रेग्मीको नाममा २(२ विकेट रहृयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले पनि पहिला विकेट गुमाउँदा खाता नै खोलेको थिएन । तर कप्तान ज्ञानेन्द्र मल्ल र जयकिशन कोल्साबालाले पारी सम्हाले ।

दुबैले तेस्रो विकेटका लागि ६६ रनको साझेदारी गरे । कोल्साबाला ५५ र मल्ल ४५ रनमा आउट भए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्यालय बन्द
भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द
२०८३ असोज ८, बिहिबार
ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट
२०८३ असोज ८, बिहिबार
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३ असोज ८, बिहिबार
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार
२०८३ असोज ८, बिहिबार
तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह
२०८३ असोज ८, बिहिबार
कांग्रेस महाधिवेशनः ६६ जिल्लाका ६३० जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न
२०८३ असोज ८, बिहिबार
यी हुन् एमाले केन्द्रीय कमिटी बैठकका २२ निर्णय : विद्या भण्डारी वरिष्ठ नेता, २७ जना मनोनीत
२०८३ असोज ८, बिहिबार