काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन र नेपाल जनप्रशासन संघले संयुक्त रुपमा प्रदान गर्ने हेमबहादुर मल्ल सम्मान कुलमान घिसिङ र डा.सन्दुक रुइतलाई प्रदान गरिने भएको छ । आगामी शुक्रबार प्रदान गरिने पुरस्कारको राशी दुई लाख रुपैयाँ रहेको छ ।
वर्ष २०७३ बाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र २०७४ बाट तिलगंगा आखा अस्पतालबाट कार्यकारी निर्देशक डा रुइतलाई प्रदान गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
साल्ट ट्रेडिङ कर्पोरेसनका पूर्वमहाप्रर्वन्धक हेमबहादुर मल्लले २५ वर्ष कर्पोरेसनमा सेवा गरेका थिए । साल्ट ट्रेडिङलाई पहिचान योग्य संस्थाको रुपमा चिनाउन मल्लले निभाएको भूमिकाको सम्मान गर्दै यो सम्मानको गठन गरिएको कर्पोरेसनले जनाएको छ । साल्ट ट्रेडिङकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले रेलमोडल प्रशासक तथा व्यवस्थापकको रुपमा मल्लको स्मरण गरिन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया