असोज ९, २०८३ शुक्रबार September 25, 2026

ए डिभिजन लिगः मछिन्द्रको तेस्रो जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

एन्डेलेजा सोमिडेको गोलमा मछिन्द्र क्लवले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो जित निकालेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार भएको खेलमा मछिन्द्रले न्युरोड टिम एनआरटीलाई १–० गोल अन्तरले पाखा लगाउँदै लिगमा तेस्रो जित निकालेको हो।

जितसँगै मछिन्द्र अंकतालिकाकाे शीर्ष स्थानमा पुगेकाे छ। समान ९ अंक बनाएकाे मनाङ भने गाेल अन्तरले दाेस्राे स्थानमा छ।

खेलको ९०औं मिनेटमा विजय धिमालकोे क्रसमा विदेशी खेलाडी सोमिडेले हेड मार्फत गरेको प्रहारले जाली चुम्दा मछिन्द्र ३ अंक जोड्न सफल भएको हो।

३ खेलमा जित र एकमा बराबरी खेलेको मछिन्द्रले ९ अङ्क बनाएको छ। २ खेलमा जीत र २ मा पराजित भोगेको न्युरोड टिम एनआरटीको भने ४ अङ्क छ।

खेलको तेस्रो मिनेटमा दर्शन गुरुङको प्रहार फितलो बन्दा एनआरटी अग्रता लिनबाट चुकेको थियो। १२औं मिनेटमा पिटर सेगुनको हेडर पोस्टबाट बाहिरिदा मछिन्द्र अग्रता लिनबाट चुक्यो । ३१ औं मिनेटमा रेजिन सुब्बाको क्रसमा विशाल राईको हेडरले पोस्टको गति लिन नसक्दा मछिन्द्र अग्रता लिनबाट पुनः वञ्चित भएको थियो।

३४औं मिनेटमा पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त गरेको फ्रिकिकमा डिफेन्डर देवेन्द्र तामाङको प्रहार क्रसबारमा लागेर फर्किँदा मछिन्द्रले अग्रता लिने सुन्दर मौका गुमायो। त्यसमै रेजिन सुब्बा र अभिषेक रिजालको प्रयास एनआरटीका गोलरक्षक अजित प्रजापतिले सहजै नियन्त्रणमा लिए। पहिलो हाफको इन्ज्युरी समयमा सुजल श्रेष्ठले ६ यार्ड बक्स भित्रबाट गरेको प्रहार गोलरक्षक अजितले बचाए। खेलको पहिलो हाफमा मछिन्द्रले दबाब बनाएपनि गोल गर्न सकेको थिएन।

आजै हुने दोस्रो खेलमा सिग्नेचर मनाङ मस्र्याङदी र फ्रेण्ड्स क्लव भिड्नेछन्। मनाङ अपराजित यात्रालाई कायम राख्ने दाउमा हुँदा फ्रेण्ड्स पहिलो जितको खोजीमा छ। दोस्रो खेल दिउँसो ३ बजे सुरु हुनेछ। लिगको तेस्रो चरणका खेल सकिँदा शतप्रतिशत नतिजा निकालेको मनाङ ९ अंकमा तालिकाको शीर्ष स्थानमा छ । अंकविहीन रहेको फ्रेण्ड्स अंक तालिकाको १३ औं स्थानमा छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्यालय बन्द
भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द
२०८३ असोज ८, बिहिबार
ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट
२०८३ असोज ८, बिहिबार
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३ असोज ८, बिहिबार
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार
२०८३ असोज ८, बिहिबार
तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह
२०८३ असोज ८, बिहिबार
कांग्रेस महाधिवेशनः ६६ जिल्लाका ६३० जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न
२०८३ असोज ८, बिहिबार
यी हुन् एमाले केन्द्रीय कमिटी बैठकका २२ निर्णय : विद्या भण्डारी वरिष्ठ नेता, २७ जना मनोनीत
२०८३ असोज ८, बिहिबार