श्रावण १३, २०८३ बुधबार July 29, 2026

सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बुटवल । कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य अभिषेकप्रताप शाहविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

सांसद शाहविरुद्ध राप्रपाका केन्द्रीय सदस्य श्यामकुमार मिश्राले ज्यान मार्ने उद्योगमा जाहेरी दिएपछि कपिलवस्तु जिल्ला अदालतले प्रहरीलाई पक्राउ गर्न अनुमति दिएको हो ।
‘अदालतले पक्राउ पुर्जी जारी गरेको छ, तर हामीलाई प्राप्त सूचना अनुसार उहाँ भारततिर हुनुहुन्छ’ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डीएसपी सुनील मल्लले भने, ‘अब कानुनअनुसार पक्राउ गर्न र म्याद थप गरेर अनुसन्धान गर्न बाटो खुलेको छ ।’

शाह कांग्रेसबाट निर्वाचित सांसद हुन् । त्यसअघि उनी तत्कालीन संघीय समाजवादी फोरमबाट सांसद निर्वाचित भएका थिए । सांसद शाहले गत पुस ५ गते साँझ घरमा गेस्ट रुममा ढोका थुनेर नशालु पदार्थ सुँघाएर अन्धाधुन्ध कुटपिट गरेको मिश्राको आरोप छ ।

कुटपिट गर्दै गर्दा सांसद साहले बन्दुक देखाएर ज्यान मार्ने धम्कीसमेत दिएको उनको आरोप छ । बन्दुकको नाल मुखमा जबरजस्ती राख्दा आफ्नो दाँत नै हल्लिएको र मुखमा चोट लागेको श्यामको आरोप छ ।

बुटवलमा उपचार पश्चात मिश्रा अहिले घरमै छन् । मिश्रा गत स्थानीय तहको निर्वाचनमा राप्रपाबाट मेयरका उम्मेदवार बनेर दोस्रो धेरै मत ल्याएका थिए । कृष्णनगरको मेयरमा सांसद शाहका नातेदारले मेयर जितेका छन् । एक सातासम्म सांसद शाहविरुद्ध प्रहरीले मुद्दा दर्ता गर्न समेत नमानेपछि कृष्णनगरमा आन्दोलन समेत भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारद्धारा ९ विधेयक संसद्मा पेश गर्ने निर्णय, सञ्चय कोष र राहदानी ऐन पनि संशोधन हुँदै
२०८३ श्रावण १३, बुधबार
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता
२०८३ श्रावण १३, बुधबार
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
२०८३ श्रावण १३, बुधबार
चिकित्सा शिक्षा आयोगद्वारा छ अर्ब ५५ करोडको वार्षिक बजेट स्वीकृत
२०८३ श्रावण १३, बुधबार
निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
२०८३ श्रावण १३, बुधबार
उपराष्ट्रपति यादवद्वारा सद्भाव कायम गर्न अपिल
२०८३ श्रावण १३, बुधबार
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने
२०८३ श्रावण १३, बुधबार