बैसाख २०, २०८३ आइतबार May 3, 2026

प्रेस सेन्टर नेपाल तीन नम्बर प्रदेश स्तरिय भेला सम्पन्नः वाङ्देलको अध्यक्षतामा २५ सदस्यीय नयाँ प्रदेश कमिटि निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रेस सेन्टर नेपाल ३ नम्बर प्रदेशको आयोजनामा काठमाडौंमा ‘पत्रकारिता तालिम तथा प्रदेश भेला’ सम्पन्न भएको छ । मध्यबानेश्वर स्थित रत्नराज्य स्कुलमा सम्पन्न भेलाले पत्रकार सुमन वाङ्देलको अध्यक्षतामा २५ सदस्यीय नयाँ प्रदेश कमिटि चयन गरेको छ ।

नव निर्वाचित प्रदेश कमिटिको सचिवमा अरुणा मानन्धर, सदस्यहरुमा गोविन्दराज नाथ, शर्मिला तामाङ, शान्ति नाछिरिङ, सुनिल बानियाँ, सुनिल कुँवर, सरिता गुरुङ, सुदिप जेरुङ, इन्द्र कुमार राई, अर्जुन बिष्ट, बिष्णु विश्वकर्मा, विशाल अधिकारी, सुवास बिष्ट, धौलाधन राई कान्छा लगायत रहेका छन् ।

भेलाको सभापतित्व पत्रकार सुमन वाङ्देलले गरेका थिए भने नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पत्रकारका फ्याक्सन इन्चार्ज रंगनाथ ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसीको विशेष आतिथ्यता, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य जन्मदेव जैशी अन्य पत्रकार सम्बद्ध संघ संगठनका नेताहरुको समेत आतिथ्यता रहेको थियो ।

भेलापश्चात बसेको नव निर्वाचित कमिटिको पहिलो बैठकले पत्रकारहरुको हक, हित र अधिकारको पक्षमा संगठित भइ संघर्ष गर्ने निर्णय समेत गरेको छ । बैठकले गरेको निर्णहरुबारे संगठनका प्रदेश अध्यक्ष सुमन वाङदेल र सचिव अरुणा मानन्धरले संयुक्त रूपमा प्रेस विज्ञप्ति समेत जारी गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया