असोज १८, २०८३ आइतबार October 4, 2026

आबुधाबीमा १६ जना नेपाली कामदार बोकेको बस दुर्घटना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

युएई । युएईको आबुधाबीमा कामदार बोकेको गाडी दुर्घट्ना भएको छ । दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

नेपाली कामदार बोकेको गाडी दुर्घटना भएकोले मृत्यु नेपाली हुनसक्ने आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । तर, मृतकको पहिचना नभएको दूतावसले जनाएको छ ।

बसमा २४ जना सवार थिए । त्यसमध्ये १६ जना नेपाली कामदार रहेको कम्पनीले जनाएको छ । अन्य श्रीलंका र अफ्रिकि मुुलुकका महिला कामदार रहेको बताइएको छ । सवार सबै सरसफाइ सम्बन्धी काम एमबीएम कम्पनीका कामदार हुन् ।

नेपाली कामदारको अवस्था र विवरण संकलन गर्न दूतावासका प्रतिनिधि घाइतेको उपचार भइरहेको अस्पतालमा पुगेको दूतावासका श्रमकाउन्सुलर भेषबहादुर कार्कीले बताएका छन ।

घाइतेहरुको आबुधाबीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घट्नामा परेका नेपाली कामदारको अवस्था बुझ्न दूतावासबाट राजदूत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रीता धिताल श्रमकाउन्सुलर भेषबहादुर कार्की र जनसम्पर्क अधिकारी (पीआरओं) उनीहरु उपचाररत अस्पताल पुगेका छन् ।

मफरक अस्पतालमा उपचाररत नेपालीलाई भेटेर राजदूत कृष्णप्रसाद ढकालले स्वास्थ्यलाभको कामना गरेका छन् । कम्पनीले समेत उपचाररमा समन्वय गरिरहेको उनले जानकारी दिएका छन ।

घाइतेमध्ये ५ जना नेपालीको आबुधाबी खलिफा सिटीमा रहेको एनएमसी अस्पतालमा उपचार भइरहेको छ । अन्यको मफरक र अल रहा अस्पतालमा उपचार भइरहेको कम्पनीले जनाएको छ ।

कामदार सवार बस स्थानीय समयअनुसार बिहीबार बिहान ५.३० बजे आबुधाबीको अल रहा भन्ने स्थानमा दुर्घटनामा परेको हो । काममा गइरहेको अवस्थामा उक्त बस अगाडिको लहरीमा ठोकिए दुर्घटना भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किरियामा बसेकी महिलासँग सम्बन्धपछि दाजुभाइको मृत्यु, सिंगो गाउँमा त्रास
२०८३ असोज १८, आइतबार
ऊर्जामन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण
२०८३ असोज १८, आइतबार
आँखाको स्वास्थ्यका लागि नियमित परीक्षण आवश्यक
२०८३ असोज १८, आइतबार
दुबईका युवराजले भेटे फ्लाईदुबईका पाइलट स्मित मच्छर
२०८३ असोज १८, आइतबार
कोरला नाका हुँदै चिनियाँ राजदूत माओमिङ मुस्ताङमा, सर्वत्र चासाे
२०८३ असोज १८, आइतबार
अमेरिकाले मध्यपूर्वमा तेस्रो विमानवाहक युद्धपोत पठाउँदै, १० हजारसम्म सैनिक थपिने
२०८३ असोज १८, आइतबार
जसपाका चार नेताले छाडे उपेन्द्र यादवकाे साथ, ‘हुंकार मधेश’ अभियानमा जाेडिए
२०८३ असोज १८, आइतबार