असोज १८, २०८३ आइतबार October 4, 2026

मौसम अपडेट : हिमालमा हिमपात, पहाड र तराईमा वर्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । शुक्रबार बिहानैदेखि देशको उच्च हिमाली भेगमा हिमपात र अन्य स्थानमा वर्षा भइरहेको छ । वर्षा र हिमपातपछि देशभरको जनजीवन प्रभावित बनेको छ ।
बुधबार साँझबाट नेपाल प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि नै देशको माथिल्लो भागमा हिमपात र अन्य स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् । ‘बुधबार बिहानदेखि प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीका कारण अहिले उच्च हिमाली भेगमा हिमपात तथा देशका अन्य भागमा वर्षा भइरहेको छ,’ मौसमविद् पोखरेलले भनिन् ।

महाशखाले शुक्रबार बिहान ८ः४५ बजेसम्म गरेको मापनअनुसार, सबैभन्दा बढी दाङमा २९ मिलिलिटर पानी परेको छ । त्यसपछि वीरेन्द्रनगर, पोखरा र काठमाडौंमा बढी वर्षा भएको छ । महाशाखाका अनुसार, वीरेन्द्रनगर, पोखरा र काठमाडौंमा अहिलेसम्म क्रमशः २४, २३ र २१ मिलिलिटर पानी परेको छ । सिमरामा १८, नेपालगञ्जमा १० र डडेल्धुरामा ८ मिलिलिटर वर्षा भएको महाशाखाको रेडर्कमा उल्लेख छ ।

वर्षा र हिमपातले देशको जनजीवन प्रभावित भएको छ । काठमाडौंमा बिहानैदेखि वर्षा भएपछि आमनागरिकले कठिनाइ झेलेका छन् । देशको उच्च भागमा परेको हिमपातले जनजीवन थप कष्टकर बनेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज दिनभर बदली र वर्षाको श्रृंखला चलिरहनेछ । शनिबारबाट भने मौसम विस्तारै सुधारिँदै जाने मौसमविद्को प्रक्षेपण छ ।

‘आज दिनभर बदली र वर्षाको श्रृंखला चलिरहे पनि भोलिबाट भने मौसम सुधारिँदै जाने देखिन्छ,’ मौसमविद् विभूति पोखरेलले भनिन् ।

मौसममा बारम्बार किन भइरहेको छ बदलाब ?

यस वर्षको हिउँदमा मौसम छिटो–छिटो परिवर्तन भइरहेको छ । केही दिन घाम लाग्ने र त्यसपछि फेरि वर्षा हुने क्रम चलिरहेको छ ।

मौसमविद् वरुण पौडेलका अनुसार, मौसमी प्रणाली भित्रिने र बाहिरिने क्रम छिटो–छिटो भइरहेकाले घाम लाग्ने र पानी पर्ने शृंखला चलिरहेको छ ।

अघिल्ला वर्षहरूको हिउँदमा बढीमा ४र५ वटा मौसमी प्रणाली भित्रिने गरे यस वर्ष छिटो–छिटो मौसमी प्रणाली फेरिएकाले वर्षा र हिमपात भइरहेको उनको भनाइ छ ।

नेपालमा भित्रिने मौसमी प्रणालीको स्रोत भूमध्य सागर हो । यहाँबाट बहने हावा सोझै नेपालतर्फ बहँदा त्यसको असर बढी पर्ने र अन्यत्र मोडिँदा प्रभाव कम हुने मौसमविद् बताउँछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किरियामा बसेकी महिलासँग सम्बन्धपछि दाजुभाइको मृत्यु, सिंगो गाउँमा त्रास
२०८३ असोज १८, आइतबार
ऊर्जामन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण
२०८३ असोज १८, आइतबार
आँखाको स्वास्थ्यका लागि नियमित परीक्षण आवश्यक
२०८३ असोज १८, आइतबार
दुबईका युवराजले भेटे फ्लाईदुबईका पाइलट स्मित मच्छर
२०८३ असोज १८, आइतबार
कोरला नाका हुँदै चिनियाँ राजदूत माओमिङ मुस्ताङमा, सर्वत्र चासाे
२०८३ असोज १८, आइतबार
अमेरिकाले मध्यपूर्वमा तेस्रो विमानवाहक युद्धपोत पठाउँदै, १० हजारसम्म सैनिक थपिने
२०८३ असोज १८, आइतबार
जसपाका चार नेताले छाडे उपेन्द्र यादवकाे साथ, ‘हुंकार मधेश’ अभियानमा जाेडिए
२०८३ असोज १८, आइतबार