बैसाख २७, २०८३ आइतबार May 10, 2026

अबुधाबी बस दुर्घटना अपडेट : ३ नेपालीको मृत्यु, १४ घाइते (नामावलीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अबुधाबी । आबुधाबीमा बिहीबार भएको सवारी दुर्घटना ३ नेपालीको ज्यान गएको पुष्टि भएको छ । सोही दुर्घटनामा १४ नेपाली घाइते भएका छन् ।

एमबीएम कम्पनीमा कार्यरत नेपाली चढेको बस बिहीबार बिहान अल रहा भन्ने स्थानमा दुर्घटना भएको थिए । गुडिरहेको लरीमा ठोक्किएर भएको दुर्घटनामा ६ को मृत्यु भएकोमा ३ नेपाली रहेको पुष्टि भएको हो ।

ज्यान गुमाउनेमा झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र अमिसा मोक्तान तामाङ रहेको नेपाली दूतावास अबुधाबीले जनाएको छ । तामाङको ठेगाना भने खुल्न बाँकी छ । यही घटनामा अन्य देशका ३ नागरिकको पनि ज्यान गएको छ ।

दुर्घटनामा १४ नेपाली घाइते भएका छन् । घाइते हुनेहरूमा सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा तामाङ र मुना राई छन् । त्यस्तै इलामकी सीता सुब्बा, मकवानपुर टिस्टुङ पालुङकी रीता सिवाकोटी, हेटौंडाकी मिना सिंह चापागाँउ, ललितपुरकी कमला नेपाली, दाङ घोराहीकी आशा घर्ती मगर, ,नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा, चितवनकी निर्मला प्रजा र सुजला विश्वकर्मा पनि घाइते छन् । सुजलाको नेपाल ठेगाना भने खुलेको छैन।

मफरक अस्पतालमा उपचारपछि निर्मला भने क्याम्प फर्किएकी छिन् । अन्य १३ जनाको आबुधाबीको मफरक , एनएमसी र अल रहा अस्पतालमा उपचार भइरहेको छ।

बसमा चालकसहित २४ सवार थिए । जसमा २३ महिला रहेको बताइएको छ ।

दुर्घटनाको खबरपाएपछि आबुधाबीस्थित नेपाली दूतावासका प्रतिनिधी कामदार उपचाररत अस्पताल पुगेका थिए ।
दूतावासका तर्फबाट राजदुत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रीता धिताल, श्रम काउन्सुलर भेषबहादुर कार्की र जनसम्पर्क अधिकारी (पिआरओ) इरफान आलम अस्पताल पुगेका हुन् ।

घाइतेहरूको उपचारमा कम्पनीले सहयोग गरिरहेको दूतावासका श्रमकाउन्सुलर भेषबहादुर कार्कीले बताएका छन ।

यसअघि ०७६ असोजको दोस्रो साता दुवईमा नेपाली चढेको सवारी दुर्घटना भएको थियो । जसमा ६ नेपालीले ज्यान गुमाएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लायन्स डिस्ट्रिक्ट ३२५ के नेपालको बागमती क्याबिनेट विस्तार सम्पन्न, ५४५ बढीलाई जिम्मेवारी
२०८३ बैसाख २७, आइतबार
खोकनामा ‘चीन छोङछिङ–नेपाल तरकारी तालिम केन्द्र’ स्थापना गरिने
२०८३ बैसाख २७, आइतबार
यातायात व्यवसायीको समस्याको समाधान सरकारले खोज्नेछ : मुख्यमन्त्री पाण्डे
२०८३ बैसाख २७, आइतबार
मधेसमा कांग्रेस नेतृत्वको सरकारलाई चार दलको समर्थन
२०८३ बैसाख २७, आइतबार
संविधान संशोधनबारे विभिन्न राजनीतिक दल र विज्ञबीच छलफल
२०८३ बैसाख २७, आइतबार
अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
२०८३ बैसाख २७, आइतबार
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
२०८३ बैसाख २७, आइतबार