असोज १८, २०८३ आइतबार October 4, 2026

धादिङमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

धादिङ । धादिङमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खनियाँवास गाउँपालिका–४ का युवा २५ वर्षीय सन्तबहादुर तामाङ छन् ।
तामाङ यसअघि कर्तव्य ज्यान मुद्दामा जेल सजाय भुक्तान गरिसकेका व्यक्ति हुन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घटनामा अर्का युवा गम्भीर घाइते छन् । घाइते रविन तामाङको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

धादिङका प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले बताएअनुसार गएराति ७ बजेतिर घटना भएको हो । ‘अबेरसम्म युवाको समूहबीच झडप भएको रहेछ’, उनले भने, ‘म घटनास्थलमा पुगेर भर्खर फर्किँदैछु ।’

प्रहरीका अनुसार दार्खामा गुराँस युवा क्लबले फुटबल प्रतियोगिता आयोजना गरेको थियो । त्यसक्रममा रेफ्रीसँग झगडा हुँदा कुटाकुट भएको थियो । यद्यपि, विवादको कारण यो मात्र नभएको प्रहरी आशंका छ ।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा रेफ्री रोशन तामाङ र उनका भाइ रामलाई पक्राउ गरेर हिरासतमा लिएको छ ।

झडपमा रड, फलाम लगायतका वस्तु प्रहार गरिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किरियामा बसेकी महिलासँग सम्बन्धपछि दाजुभाइको मृत्यु, सिंगो गाउँमा त्रास
२०८३ असोज १८, आइतबार
ऊर्जामन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण
२०८३ असोज १८, आइतबार
आँखाको स्वास्थ्यका लागि नियमित परीक्षण आवश्यक
२०८३ असोज १८, आइतबार
दुबईका युवराजले भेटे फ्लाईदुबईका पाइलट स्मित मच्छर
२०८३ असोज १८, आइतबार
कोरला नाका हुँदै चिनियाँ राजदूत माओमिङ मुस्ताङमा, सर्वत्र चासाे
२०८३ असोज १८, आइतबार
अमेरिकाले मध्यपूर्वमा तेस्रो विमानवाहक युद्धपोत पठाउँदै, १० हजारसम्म सैनिक थपिने
२०८३ असोज १८, आइतबार
जसपाका चार नेताले छाडे उपेन्द्र यादवकाे साथ, ‘हुंकार मधेश’ अभियानमा जाेडिए
२०८३ असोज १८, आइतबार