बैसाख २७, २०८३ आइतबार May 10, 2026

तराईमा आतंक मच्चाउने युवकलाई गोली हानी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रौतहट। तराई-मधेसमा मधेसी नेशनल पार्टीको नाममा आतंक मच्चाउने भूमिगत समूहका एक जना भारतीय युवकलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको मोतिहारीका चाँद अली रहेका छन् । अली नेपाल प्रवेश गर्दै गरेको सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय रौतहटको विशेष टोलीले मंगलबार राति साढे १२ बजे उनलाई नियन्त्रणमा लिएको हो ।

नेपाल भारत सीमा क्षेत्र हुँदै बन्जरहा जोड्ने बकैया नदीको बाँधबाट मोटरसाइकलमा नेपाल प्रवेश गर्दै गरेका ३ जनाले प्रहरीतर्फ फायरिङ गरी भारततिर भागेका थिए ।

त्सक्रममा प्रहरीले जवाफी फायरिङ् गर्दा घाइते भएपछि अलीलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घाइते अलीको दायाँ खुट्टामा गोली लागेको छ । उनको गौर अपतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।घटनास्थलबाट प्रहरीले एउटा पेस्तोल, खाली खोका र लोड गरिएको एक थान गोली बरामद गरेको छ ।

अन्य दुई जना भने भारततर्फ भागेको प्रहरीले जानकारी दिएको छ ।

अलीविरुद्ध रौतहटमा ४ मुद्दा

पक्राउ गरेका अलीविरुद्ध रौतहटमा मात्रै विभिन्न ४ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय रौतहटमा संगठित अपराध र अपराधिक लाभ लिन विस्फोटक पदार्थसमेतको प्रयोग सम्बन्धी ३ वटा र संगठित अपराध र अपराधिक लाभ (फिरौती, असुली) सम्बन्धी एउटा गरी चारवटा छुट्टाछुट्टै मुद्दा दर्ता भएका छन् ।

अलीलाई पक्राउ गर्न यसअघि नै पुर्जीसमेत जारी भएको प्रहरीको भनाइ छ ।

उनले नेपालमा बम राख्ने, स्थानीय तह, इँटा उद्योगी र व्यवसायीलाई फिरौती माग्ने र नदिए बम विस्फोट गराउने गरेको पाइएको छ ।

पुस ९ गते इशनाथ नगरपालिकाको कार्यालयमा, ६ गते इशनाथ नगरपालिका-४ स्थिति राम अवध सिसंहको घरमा र पुस २१ गते राजपुर नगरपालिका-७ स्थित चौधरी इँटा भट्टामा प्रेसर कुकर बम राखेको घटनामा अली समूह संलग्न भएको प्रहरीको दाबी छ।

साथै विभिन्न समयमा दर्जनौं संघसंस्था, व्यापारी, उद्योगी, कर्मचारी र जनप्रतिनिधिलाई फोन गरी फिरौती माग्ने र धम्क्याउने गरेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका अलीले भारतमा जेल सजाय काटेका, भारतीय प्रहरीको हिरासत बसेको र एकपटक भारतीय प्रहरीको हिरासतबाटै भागेको खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लायन्स डिस्ट्रिक्ट ३२५ के नेपालको बागमती क्याबिनेट विस्तार सम्पन्न, ५४५ बढीलाई जिम्मेवारी
२०८३ बैसाख २७, आइतबार
खोकनामा ‘चीन छोङछिङ–नेपाल तरकारी तालिम केन्द्र’ स्थापना गरिने
२०८३ बैसाख २७, आइतबार
यातायात व्यवसायीको समस्याको समाधान सरकारले खोज्नेछ : मुख्यमन्त्री पाण्डे
२०८३ बैसाख २७, आइतबार
मधेसमा कांग्रेस नेतृत्वको सरकारलाई चार दलको समर्थन
२०८३ बैसाख २७, आइतबार
संविधान संशोधनबारे विभिन्न राजनीतिक दल र विज्ञबीच छलफल
२०८३ बैसाख २७, आइतबार
अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
२०८३ बैसाख २७, आइतबार
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
२०८३ बैसाख २७, आइतबार