असोज १८, २०८३ आइतबार October 4, 2026

प्रमुख निर्वाचन आयुक्तद्धारा राष्ट्रपति समक्ष राष्ट्रियसभा सदस्य निर्वाचन प्रतिवेदन पेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यही माघ ९ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति समक्ष प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रियसभा सदस्य निर्वाचन ऐनबमोजिम प्रतिवेदन पेश गरेका हुन् ।

राष्ट्रियसभा निर्वाचनमा आगामी फाल्गुन २० गतेदेखि रिक्त हुने १९ जना राष्ट्रियसभा सदस्यमध्ये १८ पदका लागि माघ ०९ गते निर्वाचन सम्पन्न भएको थियो । उक्त निर्वाचनमा सात वटै प्रदेशबाट महिला समूहतर्फ सात जना, दलित समूहतर्फ दुई, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहतर्फ दुई र अन्य समूहतर्फ सात जना निर्वाचित भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरिएको प्रतिवेदनमा राष्ट्रियसभा गठनसम्बन्धी संवैधानिक एवं कानूनी व्यवस्था, निर्वाचन दल दर्ता, मतदाता नामावली, मतपत्र व्यवस्थापन, निर्वाचन सुरक्षा, निर्वाचन कार्यक्रम, जनशक्ति र सामग्री व्यवस्थापन, निर्वाचन आचारसंहिता, निर्वाचन अनुगमन र अवलोकन तथा मतदान, मतगणना र परिणाम घोषणाका विषय उल्लेख छ ।

प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति भण्डारीले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीयरूपमा सम्पन्न गरेकामा आयोगका पदाधिकारी लगायत निर्वाचनमा संलग्न सबै निकाय, संस्था एवं व्यक्तिलाई धन्यवाद प्रकट गरेकी छिन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले भविष्यमा हुने निर्वाचनलाई अझै सहभागितामूलक, शान्तिपूर्ण र व्यवस्थित तवरले गर्न निर्वाचन सुधारका क्षेत्रमा थप कार्य गर्नसमेत निर्देशन दिएको आयोगले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन पेश गर्न प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको साथै निर्वाचन आयुक्तद्वय नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौड्याल,आयोगका सचिव देवकुमारी गुरागाँईं लगायत सहभागी रहेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
२०८३ असोज १८, आइतबार
घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ
२०८३ असोज १८, आइतबार
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना
२०८३ असोज १८, आइतबार
दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
२०८३ असोज १८, आइतबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु, शीर्ष नेताको जमघट
२०८३ असोज १८, आइतबार
कर्णाली प्रदेशमा मंसिर १६-२७ गतेसम्म दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैं
२०८३ असोज १८, आइतबार
किरियामा बसेकी महिलासँग सम्बन्धपछि दाजुभाइको मृत्यु, सिंगो गाउँमा त्रास
२०८३ असोज १८, आइतबार