असोज १८, २०८३ आइतबार October 4, 2026

सुनसरीको दुर्घटना अपडेट : मृतकको संख्या चार पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

विराटनगर । सुनसरीको इनरुवास्थित तित्रिवना सडकखण्डमा बस र माइक्रोबस जुध्दा मृत्यु हुनेहरुको संख्या चार पुगेको छ ।

मृत्यु हुनेमा माइक्रो बसका चालक धादिङको बैरेनी ३ का दीपक खड्का, झापा भद्रपुर ५ की ६५ वर्षीया डोलकुमारी कोइराला, उनका श्रीमान हेमराज कोइराला र झापा चन्द्रगढीकी गरिमा पौडेलको मृत्यु भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दुर्घटनामा १५ जना घाइते भएका छन् । ९ जनाको गोल्डेन अस्पतालमा, ४ जनाको एपेक्स अस्पतालमा र २ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

झापाबाट काठमाडौं जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हाइस माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७०५ नम्बरको बस आइतबार बिहान सवा ७ बजेतिर सुनसरीको रामधुनी नगरपालिका २ कृषिफर्म नजिक आपसमा ठोक्किएका थिए ।

बस चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

यसैबीच सर्लाहीको गोडैता नगरपालिका ७ मोहनचोकमा शनिबार मध्यराति भारतीय नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक मलंगवा नगरपालिका २ का २० वर्षीय उपेन्द्र सोनर र २० वर्षीय राजेन्द्र यादवको मृत्यु भएको हो ।

यसैगरी काठमाडौंको गोकर्णेश्वर नगरपालिका ५ जोरपाटीमा आइतबार बिहान माइक्रो बसको ठक्करबाट एक जना मोटरसाइकल चालक घाइते भएका छन् । घाइते भएका चालक नुवाकोट घर भई हाल कपन बस्ने ३० वर्षीय पूर्णबहादुर तामाङ छन् । उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भैरहेको छ ।

आइतबार बिहान ५ बजे तामाङले चलाएको बा २६ प ३५ नम्बरको मोटरसाइकललाई ना ५ ख ३५९ नम्बरको हाइस माइक्रो बसले ठक्कर दिएको थियो । दुवै सवारी साधन र माइक्रो चालकलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
२०८३ असोज १८, आइतबार
घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ
२०८३ असोज १८, आइतबार
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना
२०८३ असोज १८, आइतबार
दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
२०८३ असोज १८, आइतबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु, शीर्ष नेताको जमघट
२०८३ असोज १८, आइतबार
कर्णाली प्रदेशमा मंसिर १६-२७ गतेसम्म दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैं
२०८३ असोज १८, आइतबार
किरियामा बसेकी महिलासँग सम्बन्धपछि दाजुभाइको मृत्यु, सिंगो गाउँमा त्रास
२०८३ असोज १८, आइतबार