बैसाख २७, २०८३ आइतबार May 10, 2026

नेपाल टेलिभिजनका पहिलाे प्रस्ताेता दुर्गानाथ शर्माकाे निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल टेलिभिजनको स्थापनाकालका सञ्चारकर्मीमध्ये एक र चर्चित टेलिभिजन समाचारवाचक तथा कार्यक्रम प्रस्तोता दुर्गानाथ शर्माको बुधबार निधन भएको छ।

नेपाल टेलिभिजनमा धेरै वर्षसम्म शर्माले प्रस्तुत गर्ने गरेको विश्व घट्ना निकै लोकप्रिय कार्यक्रममध्ये एक थियो।

केही समययता मुटुसम्बन्धी समस्याले ग्रस्त शर्माको ७२ वर्षको उमेरमा बुधबार निधन भएको हो।

‘उनको मनमोहन कार्डियोथेरासिक भस्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, महाराजगन्जमा निधन भएको हो ।

नेपाल टेलिभिजनका निर्देशक राजु सिलवालका अनुसार गत बिहीबार मुटुसम्बन्धी समस्या भएपछि शर्मालाई गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा भर्ना गरिएको र मंगलबार राति मनमोहनमा भर्ना गरिएको थियो।

‘उनलाई पहिले नै हृदयघात भएर उपचाररत् थिए ।

२००४ सालमा इलाममा जन्मेका शर्माले गोरखापत्र, रेडियो नेपाल र एनटिभीमा धेरै वर्ष समाचारवाचक, कार्यक्रम प्रस्तोता, समाचार निर्देशक र नायब महाप्रबन्धक लगायत नेतृत्व तहको विभिन्न पदमा रही जिम्मेवारी सम्हालेका थिए।

शर्माले पत्रकारितासम्बन्धी शिक्षक तथा प्रशिक्षकको रुपमा पनि निकै सक्रिय थिए।

उनका २ छोरा र श्रीमती छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लायन्स डिस्ट्रिक्ट ३२५ के नेपालको बागमती क्याबिनेट विस्तार सम्पन्न, ५४५ बढीलाई जिम्मेवारी
२०८३ बैसाख २७, आइतबार
खोकनामा ‘चीन छोङछिङ–नेपाल तरकारी तालिम केन्द्र’ स्थापना गरिने
२०८३ बैसाख २७, आइतबार
यातायात व्यवसायीको समस्याको समाधान सरकारले खोज्नेछ : मुख्यमन्त्री पाण्डे
२०८३ बैसाख २७, आइतबार
मधेसमा कांग्रेस नेतृत्वको सरकारलाई चार दलको समर्थन
२०८३ बैसाख २७, आइतबार
संविधान संशोधनबारे विभिन्न राजनीतिक दल र विज्ञबीच छलफल
२०८३ बैसाख २७, आइतबार
अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
२०८३ बैसाख २७, आइतबार
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
२०८३ बैसाख २७, आइतबार