असोज १७, २०८३ शनिबार October 3, 2026

टिप्परको ठक्करबाट कलंकीमा दुईजनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । टिप्परको ठक्करबाट काठमाडौँको कलंकीमा दुईजनाको मृत्यु भएको छ । कलंकीमा रहेको अण्डरपासमा नम्बर नखुलेको टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहिवार राति पौने १ बजेतिर प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकललाई टिप्परले पछाडिबाट ठक्कर दिएको कलंकी प्रहरीका सई जंगबहादुर आलेले जानकारी दिएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका रौतहट कटहरिया गाउँपालिका–४ का १९ वर्षे राकेशकुमार चौधरी र कटहरिया–७ का २४ वर्षे मुन्ना चौधरीको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।

तीव्र गतिमा रहेको टिप्पर मोटरसाइकललाई ठक्कर दिएर फरार भएको हो । टिप्पर तथा चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया