असोज १७, २०८३ शनिबार October 3, 2026

ललितपुर महानगरका पूर्व मेयर शाक्यको निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा ललितपुर महानगरपालिकाका पूर्व मेयर बेखारत्न शाक्यको ८८ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि बिरामी रहेका शाक्यको आज विहान निधन भएको ललितपुर महानगरपालिकाको उपमेयर गीत सत्यालले जानकारी दिइन्।

२०४७ सालको राजनितिक परिवर्तनपछि शाक्य २०४९ सालमा ललितपुर उनगरपालिकाको पहिलो मेयर बनेका थिए। आधुनिक ललितुर शहर बनाउन मेयर हुँदा शाक्यले ठूलो भूमिका खेलेका थिए। शाक्यका दुई छोरी एक छोरा र श्रीमती छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया