असोज १७, २०८३ शनिबार October 3, 2026

बल्खुस्थित बागमती नदी किनारमा बेवारिसे शव भेटियो,अनुसन्धान गर्दै प्रहरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । बल्खुस्थित बागमती नदी किनारमा मंगलबार बिहान बेवारिसे शव भेटिएको छ। बल्खुस्थित तरकारी बजारनजिकै खोला किनारमा पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ।

मधेसी मूलका जस्ता देखिने मानिसको शव भेटिएको कालिमाटी प्रहरी वृत्तका प्रमुख रुगमबहादुर कुँवरले जानकारी दिएका छन।

‘अहिले हामी घटनास्थलमै छौं, मुचुल्का बनाउँदै छौं,’ डीएसपी कुँवरले भने, ‘अहिले सबै कुरा खुलिसकेको छैन, केही बेरपछि जानकारी गराउनेछौं।’

शव भेटिएको खबर पाउनासाथ घटनाको सत्यतथ्य बुझ्न त्यहाँ प्रहरी टोली परिचालन भएको छ। प्रहरीका अनुसार शव पुरुषको हो। पाइन्ट लगाएको अवस्थामा भेटिएको शव नदी किनार ढिस्कोमा भेटिएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया