असोज १७, २०८३ शनिबार October 3, 2026

भारतमा बस दुर्घटना हुँदा ६ नेपालीको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । भारतमा बिहीबार बिहान बस दुर्घटना हुँदा ६ नेपालीको मृत्यु भएको छ।

बैंगलौर नेसनल हाइवेमा बस दुर्घटना भएको द हिन्दुले जनाएको छ। दुर्घटनामा परी अन्य १८ जना घाइते भएका छन्।

नेपालको सुनसरी जिल्लाबाट ३४ जना सवार बस भारतको तिर्थयात्रामा जाने क्रममा दुर्घटनामा परेको भारतीय प्रहरीले बताएका छन्।

मृतकमध्ये ३ जनाको सनाखत भएको छ। ५६ वर्षका गोपाल तामाङ, ५५ वर्षका फितासारी चौधरी र ६० वर्षका बिष्णु दाहालको सनाखत भएको हो।

तिर्थयात्रीहरु गत फेब्रुअरी ६ मा ३५ दिने तिर्थयात्राका लागि भारत पुगेको बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया