असार २५, २०८२ बुधबार July 9, 2025

विप्लवको बन्दले जनजीवन प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा माओवादी विप्लव नेतृत्वको माओवादीले आयोजना गरेको नेपाल बन्दको प्रभाव अधिकांश स्थानमा परेकोसमाचारहरु प्राप्त भएका छन् । राजधानी लगायतका अधिकांश जिल्लामा बन्दको प्रभाव परको छ ।

राजधानीमा सार्वजनिकयातायातका साधनहरु सामान्य रुपमा चलेका छन् भने स्कुल कलेजहरु भने खुलेका छैनन् । उद्योगधन्दाहरु भने पुर्ण बन्द रहेका छन् । सार्वजनिक सवारी साधनहरु कमै मात्र चलेका छन् । यस्तै राजधानी बाहिर नुवाकोटको लिखुमा एउटा आइचरगाडीमाथि आगजनी गरिएको समाचार प्राप्त भएको छ ।

नुवाकोटमा पुर्ण रुपमा कलकाराखाना, सार्वजनिक यातायात बन्दरहेका छन् भने सार्वजनिक सबारीसाधनहरु पनि कमै मात्र चलेका छन् । यस्ते धादिङमा पनि बन्दको प्रभाव परेको छ ।राजधानीबाट बाहिर जाने र आउने सवारीसाधन कमै मात्र भित्रिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

आफ्नो पार्टीका नेता पक्राउ परेको विरोधमा माओवादीले एक दिने नेपाल बन्द आयोजना गरेको थियो । सरकारले केही दिन ७ करोड चन्दा उठाएको भन्दै सो पार्टीका नेतालाई पक्राउ गरेको थियो ।

पक्राउ पछि उदालतमा उनको विषयमा मुद्दा चलिरहेको छ । उता बन्दलाई ध्यान दिएर सरकारले राजधानीका मुख्य चोकहरुमा प्रहरी तैनाथ गरेका कारण कुनै घट्ना भने घटेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार