भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

विप्लवको बन्दले जनजीवन प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा माओवादी विप्लव नेतृत्वको माओवादीले आयोजना गरेको नेपाल बन्दको प्रभाव अधिकांश स्थानमा परेकोसमाचारहरु प्राप्त भएका छन् । राजधानी लगायतका अधिकांश जिल्लामा बन्दको प्रभाव परको छ ।

राजधानीमा सार्वजनिकयातायातका साधनहरु सामान्य रुपमा चलेका छन् भने स्कुल कलेजहरु भने खुलेका छैनन् । उद्योगधन्दाहरु भने पुर्ण बन्द रहेका छन् । सार्वजनिक सवारी साधनहरु कमै मात्र चलेका छन् । यस्तै राजधानी बाहिर नुवाकोटको लिखुमा एउटा आइचरगाडीमाथि आगजनी गरिएको समाचार प्राप्त भएको छ ।

नुवाकोटमा पुर्ण रुपमा कलकाराखाना, सार्वजनिक यातायात बन्दरहेका छन् भने सार्वजनिक सबारीसाधनहरु पनि कमै मात्र चलेका छन् । यस्ते धादिङमा पनि बन्दको प्रभाव परेको छ ।राजधानीबाट बाहिर जाने र आउने सवारीसाधन कमै मात्र भित्रिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

आफ्नो पार्टीका नेता पक्राउ परेको विरोधमा माओवादीले एक दिने नेपाल बन्द आयोजना गरेको थियो । सरकारले केही दिन ७ करोड चन्दा उठाएको भन्दै सो पार्टीका नेतालाई पक्राउ गरेको थियो ।

पक्राउ पछि उदालतमा उनको विषयमा मुद्दा चलिरहेको छ । उता बन्दलाई ध्यान दिएर सरकारले राजधानीका मुख्य चोकहरुमा प्रहरी तैनाथ गरेका कारण कुनै घट्ना भने घटेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
२०८३ भाद्र १९, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
२०८३ भाद्र १९, शुक्रबार
आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला
२०८३ भाद्र १९, शुक्रबार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
२०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र १९, शुक्रबार