असोज ९, २०८३ शुक्रबार September 25, 2026

सताक्षी गोल्डकपको उपाधि मछिन्द्रलाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । सताक्षी गोल्डकपको उपाधि ए डिभिजन लिग विजेता मछिन्द्र क्लवले उचालेको छ। झापाको झिलझिलेमा आइतबार भएको फाइनलमा रुस्लान थ्री स्टार क्लबलाई १–० ले हराउँदै मछिन्द्रले मोफसलको उपाधि जितेको हो।

उपाधिसहित मछिन्द्रले ६ लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको थ्रीस्टारले ३ लाख रुपैयाँमा चित्त बुझाएको छ।

खेलको तेस्रो मिनेटमा नै विमल घर्ती मगरले पेनाल्टीमा गरेको गोल नै खेलको निर्णायक बन्यो। अशोक खवासले सोनी डि लाई पेनाल्टी एरियामा लडाएपछि मछिन्द्रले पेनाल्टीको पाएको थियो।

खेलमा दुवै टोलीले गोल गर्ने केहि अवसर पाए पनि सदुपयोग गर्न सकेनन्। विमल र विशाल राई ‘बी’ को प्रहार क्रसबारमा लागेर फर्केको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया