भाद्र ३, २०८३ बुधबार August 19, 2026

रामेछापमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ जना घाईते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । रामेछापमा पिकअप भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। भक्तपुरको सूर्यविनायकबाट रामेछापको दोरम्बा जाँदै गरेको बा १४ च ९४९८ पिकअप बोलेरो खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित माझी गाउँमा मंगलबार बिहान ५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिएका छन।

उनका अनुसार दोरम्बा गाउँपालिका-२ कि २५ वर्षीया संगीता पहरीको मृत्यु भएको छ भने अर्का एक जनाको सनाखत हुन बाँकी रहेको छ। ‘घाइते भएकामध्ये २५ जनाको धुलिखेल अस्पताल र ५ जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। केहीको अवस्था गम्भीर रहेको छ।’ पौडेलले भने, ‘ चालक नियन्त्रणमा लिएका छौं, थप अनुसन्धान भइरहेको छ, घाइतेको उद्दार गरेर अस्पताल पठाइएको छ।’

उनकाअनुसार धुलिखेल अस्पतालमा १ जना महिला र बनेपाको अस्पतालमा १ जना पुरुषको उपचारको क्रममा मृत्यु भएको हो। सामान्य घाइते भएका दुई जना घर गएका छन्। बोलेरो गाडी सडकबाट करिब १५० मिटर तल खसेको थियो।

लकडाउनको समयमा जिल्ला प्रशासन कार्यालय रामेछापले सार्वजनिक र निजी सवारी साधनलाई जिल्ला प्रवेशमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ। प्रशासनले अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक र निजी यात्रुहबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय गरेको थियो।

दिउँसोको समयमा स्थानीयले विरोध गर्ने भएपछि अलपत्र परेका मजदुर लगाएत अत्यावश्यक काम परेर जिल्ला जानेहरु रातिको समयमा काठमाडौंबाट पास लिएर गइरहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मन्त्रिपरिषद् बैठकबाट ११ वटा प्रमुख निर्णय सार्वजनिक (सूचीसहित)
२०८३ भाद्र ३, बुधबार
प्रतिनिधिसभा बैठकमा सांसदहरुद्वारा बाढीपीडितलाई राहत र खेलक्षेत्रको सुधार गर्न आग्रह
२०८३ भाद्र ३, बुधबार
दलको विधान संशोधन गर्दै रास्वपा
२०८३ भाद्र ३, बुधबार
प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता (तश्वीरमा हेर्नुहोस्)
२०८३ भाद्र ३, बुधबार
सय वटा काम गर्दा चार पाँचवटा काममा प्रश्नहरू आउनु स्वाभाविक : रवि लामिछाने
२०८३ भाद्र ३, बुधबार
इरानसँग तत्काल वार्ताको कुनै योजना नभएको ट्रम्पको खुलासा
२०८३ भाद्र ३, बुधबार
रास्वपा सांसदले छठ पछाडी पिटाई खाने अमरेश सिंहको दाबी
२०८३ भाद्र ३, बुधबार