असोज १९, २०८३ सोमबार October 5, 2026

भारतबाट आएका ५१ जना स्थानीय क्वारेन्टाइनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा भारतको उत्तर प्रदेशको कानपुरबाट आएका ५१ जना स्थानीयलाई क्वारेन्टाइनमा राखिएको छ ।

सर्लाहीका लागि हिँडेका एक सय ८४ जना मध्ये ५९ जना सर्लाही आइपुगेका छन् । उनीहरु सुरक्षाकर्मीको आँखा छलेरे चन्द्रनगर गाउँपालिकामा आएपछि उनिहरुलाई क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष महेन्द्र महतोले जानकारी दिएका छन ।

रातीको समयमा खेतको बाटो हुँदै उनीहरू चन्द्रनगर गाउँपालिका आइपुगेको गाउँपालिका अध्यक्ष महतोले जानकारी दिएका छन ।

शनिवार सम्ममा आएका ५९ जना मध्ये पाँच जना ईश्वरपुर नगरपालिका, दुई जना चक्रघट्टा गाउँपालिका र एकजना हरिपुर नगरपालिकाका स्थानीयहरु भएकोले उनिहरुलाई सम्बन्धित पालिकाहरुमा नै पठाइएको स्वास्थ्य शाखा प्रमुख विरेन्द्र साहले जानकारी दिएका छन ।

बाँकी सबैको स्वास्थ्य परीक्षण पश्चात वडा ६ स्थित मरिचमान सिंह जन्ता माविमा निर्माण गरिएको क्वारेन्टाइनमा राखि नियमित स्वास्थ्य परिक्षण भइरहेको स्वास्थ्य शाखा प्रमुख शाहले बताएका छन ।

अहिलेसम्म कसैलाई पनि कोरोना भाइरसको लक्षण देखिएको छैन् । नेपाल–भारत दुबै देशमा लकडाउन चलिरहेको अवस्थामा यतिका धेरै संख्यामा मानिस कसरी आए ? त्यति धेरै संख्यामा कसरी प्रवेश गरे आफूलाई अच्चम लागेको स्वास्थ्य शाखा प्रमुख शाहले बताएका छन ।

भारतबाट आउनेलाई रोक्नका लागि सीमामा निकै कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिएका छन ।

उनले ठाउँ–ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइए पनि खुल्ला सीमा भएकाले रातीको समयमा खेत र आलीको बाटो प्रयोग गरी उनीहरू जिल्लामा प्रवेश गरेको बताएका छन ।

पूर्वको संग्रामपुरदेखि पश्चिमको बलरासम्म ५१ किलोमिटर सर्लाहीको सीमा पर्छ । जुन खुल्ला छ । भारतमै रोक्नका लागि पनि निकै प्रयास गरेका छौं । तर पनि कसरी छिर्यो अच्चम लाग्छ । चौबिसै घण्टा प्रहरीको निगरानी हुँदा पनि प्रवेश गर्न सफल भएका छन् ।’ अहिलेसम्म सर्लाहीको मात्रै एक सय २३ जना बिहारको विभिन्न क्वारेन्टाइनमा राखिएको प्रजिअ जिसिले बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान
२०८३ असोज १९, सोमबार
रास्वपा सभापति रवि र अस्ट्रेलियाका राजदूत साइमन जर्जबीच भेटवार्ता
२०८३ असोज १९, सोमबार
इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनःआमरण अनसनमा
२०८३ असोज १९, सोमबार
कर्णालीको मुख्य न्यायाधिवक्तामा सर्वराज जोशी नियुक्त
२०८३ असोज १९, सोमबार
सरकार विपद् व्यवस्थापनमा प्रदेश र स्थानीय तहको समन्वयमा निरन्तर खटिएको छः प्रधानमन्त्री
२०८३ असोज १९, सोमबार
१५औँ महाधिवेशनमा गगन थापाको राजनीतिक प्रतिवेदन, ‘नयाँ कांग्रेस, समुन्नत नेपाल’को खाका (पूर्णपाठ)
२०८३ असोज १९, सोमबार
रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
२०८३ असोज १९, सोमबार