असोज १७, २०८३ शनिबार October 3, 2026

कोरोनाबारे फेसबुकमा अपवाह फैलाउने एक जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुर्खेत । सामाजिक सञ्जाल फेसबुकमा कोरोना भाइरसबारे भ्रम फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वीरेन्द्रनगर–८ कालुञ्चोक बस्ने धर्मराज आचार्यलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले मङ्गलबार साँझ पक्राउ गरेको हो ।

प्रहरीले आचार्यलाई फेसबुकमा ‘सुर्खेतमा पनि कोरोना देखियो पुष्टि हुन बाँकी’ भन्ने स्टाटस लेखेकाले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोपाल रायमाझीले आचार्यलाई कारवाही गर्न अनुसन्धान प्रक्रिया अघि बढाइएको बताएका छन ।

प्रहरीले ‘लेकबेँसी नगरपालिका वडा नं १ मा एक जनामा कोरोना देखियो’ भनेर फेसबुकमा पोष्ट गर्ने पे्रम विवश नामक प्रयोगकर्तालाई पनि खोजी गरिरहेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतका ल्याब इञ्चार्ज ओम आचार्यले कर्णाली प्रदेशमा हालसम्म कोरोना सङ्क्रमण फेला नपरेको जानकारी दिएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह
२०८३ असोज १७, शनिबार
‘पार्टीको महाधिवेशन ऐतिहासिक भूमिमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छ’: प्रवक्ता चालिसे
२०८३ असोज १७, शनिबार
तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार
२०८३ असोज १७, शनिबार
कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मीसहितको स्वास्थ्य कक्ष स्थापना
२०८३ असोज १७, शनिबार
पूर्वी अफगानिस्तानमा सडक दुर्घटना : दुई जनाको मृत्यु, १३ घाइते
२०८३ असोज १७, शनिबार
गल्छी-वेत्रावती सडकखण्डमा यातायात सञ्चालन
२०८३ असोज १७, शनिबार
उज्यालो नेपाल पार्टीलाई प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने कुलमानको दाबी
२०८३ असोज १७, शनिबार