कामाडौं । रामग्राम नगरपालिकाले ढाँटेर राहत लिनेलाई कार्यालयबाट दिने सबै प्रकारका सेवा रोक्का गर्ने भएको छ । मापदण्ड विपरीत ढाँटेर राहत लिएको प्रमाणित भएमा नगरपालिका वा वडा कार्यालयबाट दिइने विभिन्न सिफारिसलगायत सेवा रोक्का गर्ने नगरपालिकाले जनाएको छ ।
झुटा विवरण दिएर राहत लिने तथा भ सिफारिस गर्ने जोकसैलाई कारवाही गरिने नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिएका छन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया