भाद्र २, २०८३ मंगलबार August 18, 2026

स्वास्थ्य सामग्री ल्याउन नेपाली सेना मे सातमा चीन जाँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली सेनाले चीनबाट स्वास्थ्य सामग्री खरिदका लागि सम्पूर्ण तयारी पूरा भइसकेको तर चीनमा सार्वजनिक बिदा परेका कारण केही दिन ढिलाई भएको जनाएको छ।

कोरोना भाइरसको संक्रमणसँग जुध्न सरकारको निर्देशनमा सेनाले चीनबाट स्वास्थ्य सामग्री खरिदका लागि सरकार–सरकार (जीटूजी) मार्फत प्रक्रिया अघि बढाएको थियो ।

अब मे ७ मा सामान लिनका लागि चीन जाने तयारी भएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिएका छन् ।

यसअघि मे ५ अर्थात मंगलबार सामान ल्याउने तयारी थियो । तर चीनमा मे डे तथा अरु सार्वजनिक बिदा परेकाले केही दिनपछि मात्रै सामान ल्याउने तयारी भएको उनले बताएका छन ।

अत्यावश्यक सामग्रीका लागि पैसा तिरिसकिएको पनि उनले बताएका छन । अत्यावश्यक सामान ल्याउन नेपाल वायु सेवा निगमको विमान चार्टर्ड गरिने छ ।

अरु सामान भने स्थलमार्गबाटै ल्याउने तयारी छ । चीनबाट ६७ प्रकारका सामान ल्याउने तयारी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
२०८३ भाद्र २, मंगलबार
विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माणको योजना छः मन्त्री खनाल
२०८३ भाद्र २, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेटवार्ता
२०८३ भाद्र २, मंगलबार
परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट
२०८३ भाद्र २, मंगलबार
प्रदेश अपाङ्गता नीति निर्माणमा जोड दिन्छौँः मुख्यमन्त्री शाही
२०८३ भाद्र २, मंगलबार
सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै
२०८३ भाद्र २, मंगलबार
सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण
२०८३ भाद्र २, मंगलबार