काठमाडौँ । नेपाली सेनाले चीनबाट स्वास्थ्य सामग्री खरिदका लागि सम्पूर्ण तयारी पूरा भइसकेको तर चीनमा सार्वजनिक बिदा परेका कारण केही दिन ढिलाई भएको जनाएको छ।
कोरोना भाइरसको संक्रमणसँग जुध्न सरकारको निर्देशनमा सेनाले चीनबाट स्वास्थ्य सामग्री खरिदका लागि सरकार–सरकार (जीटूजी) मार्फत प्रक्रिया अघि बढाएको थियो ।
अब मे ७ मा सामान लिनका लागि चीन जाने तयारी भएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिएका छन् ।
यसअघि मे ५ अर्थात मंगलबार सामान ल्याउने तयारी थियो । तर चीनमा मे डे तथा अरु सार्वजनिक बिदा परेकाले केही दिनपछि मात्रै सामान ल्याउने तयारी भएको उनले बताएका छन ।
अत्यावश्यक सामग्रीका लागि पैसा तिरिसकिएको पनि उनले बताएका छन । अत्यावश्यक सामान ल्याउन नेपाल वायु सेवा निगमको विमान चार्टर्ड गरिने छ ।
अरु सामान भने स्थलमार्गबाटै ल्याउने तयारी छ । चीनबाट ६७ प्रकारका सामान ल्याउने तयारी छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया