भाद्र २, २०८३ मंगलबार August 18, 2026

कुवेतमा आममाफी पाएका ३५ सय नेपाली स्वदेश फर्किने अनुमति कुर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कुवेतमा झण्डै ३ हजार ५ सय नेपाली स्थानीय आश्रयस्थलमा अहिले सरकारबाट नेपाल फर्किने अनुमति कुरिरहेका छन् । उनीहरु आममाफी प्रक्रियामा सहभागी भएका अवैध हैसियतका कामदार हुन् ।

कुवेतले विना कैद तथा जरिवाना गैरकानूनी हैसियतका कामदारका लागि आममाफीका लागि आह्वान गरेपछि त्यस्ता कामदारहरु कुवेतको सरकारी आश्रयस्थलमा पुगेका छन् ।

अहिले नेपालमा अन्तर्राष्ट्रिय उडानमा प्रतिवन्ध लगाइएको छ । विदेशबाट कोही पनि नेपाली स्वदेश आउन पाउँदैनन् । तर, कुवेत सरकारले उनीहरुलाई फर्काउने गरी दूतावासमार्फत नेपाल सरकारसँग पहल गरेको छ ।

नेपाल सरकारले क्वारेन्टाइन राख्ने प्रवन्ध गरेर नेपाल फर्किन अनुमति दिएपछि मात्रै उनीहरु आउन पाउने अवस्था छ ।

कुवेतको आममाफी प्रक्रियामा सहभागीहरु भएकाहरु घर फर्किन लगेज र आफ्नो बन्दोबबस्तीका समान र आवश्यक तयारीसहित त्यहाँको सार्वजनिक खेल मैदान, विद्यालय, क्याम्पस, सार्वजनिक सभाहल लगायतमा पुगेका त्यहाँको दूतावासले जनाएको छ ।

कुवेतले आश्रयस्थलमा खाना र बस्नको प्रवन्ध गरेपनि व्यवस्थित वातावरण छैन । त्यस्ता आश्रय केन्द्रहरुमा नेपालीसहित थुप्रै देशका नागरिकहरुलाई मिसाएर राखिएको छ ।

कुवेतले अप्रिल २६ देखि ३० सम्म अवैध नेपाली कामदारलाई घर फर्किने प्रक्रिया सहभागी हुन समय दिएको थियो ।

यही समयमा अवैध हैसियतमा रहेका कतिपय नेपाली तोकिएका केन्द्रहरुमा पुगेका थिए । नेपाली दूतावासका अनुसार ४ दिनका बीचमा करिब ३ हजार नेपालीले स्वदेश फर्किन ट्राभल डकुमेन्ट पाएका छन् । जो राहदानी नबोकी कुवेतमा बसेका थिए ।

कुवेतले अवैध कामदारलाई आफ्नै स्रोतबाट विमान चार्टर गरेर कामदार फर्काउने व्यवस्था गरेको छ । यसअनुसार यो प्रक्रिया सहभागी कामदारले निःशुल्क स्वदेश फर्किन पाउँछन् । यसरी फर्किने कामदारलाई पुनः कवेत फर्किन दिने निर्णय पनि त्यहाँको सरकारले गरेको छ । उनीहरुले कुवेतमा कुनै जरिवाना र कैद सजाय पनि भोग्नु पर्दैन ।

आश्रयस्थलमा रहेका नेपालीले जतिसक्दो छिटो नेपाल फर्काउने प्रवन्ध गर्न सरकारसँग आग्रह गरेका छन् । उनीहरुले आश्रय स्थलमा बस्न सकस हुने अवस्था रहेको भन्दै कुवेतबाट उद्दारको लागि हवाई मार्ग खोल्न माग गरेका हुन् ।

आश्रय स्थलमा रहेका कामदारलाई फिर्ता ल्याउन दिनेबारे छलफल थालिएको श्रम मन्त्रालयका एक अधिकारीले बताएका छन । उनका अनुसार कुवेतमा करिब ७ हजार यस्ता कामदार रहेको अनुमान गरिए पनि आधा संख्यामा मात्रै आममाफी प्रक्रियामा आएको बताएका छन ।

‘हामीले फिर्ता ल्याउने प्रवन्ध कसरी गर्ने भनेर छलफल थालेका छौं, कामदारलाई टिकट कुवेतले नै दिने भएकाले क्वारेन्टाइनको व्यवस्थानको मूल सवाल छ,’ ती अधिकारीले भने,’के गर्ने भनेर छलफलमै छौं ।’

नेपालले कोभिड-१९को संक्रमणको अवधिभरि उनीहरुलाई कुवेतमै क्वारेन्टाइनमा राख्न पनि त्यहाँको सरकारसँग पहल गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
२०८३ भाद्र २, मंगलबार
विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माणको योजना छः मन्त्री खनाल
२०८३ भाद्र २, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेटवार्ता
२०८३ भाद्र २, मंगलबार
परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट
२०८३ भाद्र २, मंगलबार
प्रदेश अपाङ्गता नीति निर्माणमा जोड दिन्छौँः मुख्यमन्त्री शाही
२०८३ भाद्र २, मंगलबार
सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै
२०८३ भाद्र २, मंगलबार
सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण
२०८३ भाद्र २, मंगलबार