काठमाण्डाैंः कास्कीको पोखरा स्थित फेवातालमा आफु खुसी डुङा लगि नग्न अवस्थामा ड्रोन उडाउने तीन जना चिनियाँ पर्यटकलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका वडा नं.- ६ बैदामम रहेको तालबराही मन्दिरमा चिनियाँ पर्यटकले आफु खुसी डुङ्गा लगि पौडी खेली ड्रोन उडाएका थिए । उनिहरुलाई वडा प्रहरी कार्यालय बैदामबाट खट्टिइ गएको प्रहरी निरिक्षक बुद्धि बहादुर पुरि नेतृत्वको टोलिले पक्राउ गरेको हो ।
पक्राउ पर्ने तिनै जना पर्यटक भिषामा नेपालमा रहेका पुरुष रहेको कास्की प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा ६१ वर्षीय हाङ यु, २८ वर्षीय उ ह्वाङ र ३६ वर्षीय यङ हेन्यु रहेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया