असोज १७, २०८३ शनिबार October 3, 2026

नेविसंघले मंगलबार देशैभरिका प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपाल विद्यार्थी संघले मंगलबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने भएको छ ।

लिपुलेकमा भारतद्वारा सडक निर्माण, नेविसंघ प्रदर्शनका क्रममा भएको धरपकड र गिरफ्तारी र सन् २०१५ मा भारत-चीनबीच भएको सम्झौता खारेजीको माग राख्दै मंगलबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइने नेविसंघ अध्यक्ष राजीव ढुंगानाले जानकारी दिएका छन् ।

अध्यक्ष ढुंगानाले ७७ वटै जिल्लामा परिपत्र गर्न लागिएको समेत जानकारी दिएका छन् । लिपुलेक लगायतका नेपाली भूमिमा भारतले गरेको अतिक्रमणको विरोधका क्रममा अध्यक्ष ढुंगााना सहितका १५० नेविसंघ नेता-कार्यकर्तालाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएर साँझ छाडेको थियो । उनीहरुलाई सोमबार राति ८ बजे रिहा गरेको हो ।

यसअघि शुक्रबार भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडकको उद्‌घाटन गरेपछि देशभर त्यसको विरोध भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शिवपुरी-५ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, सभापतिमा रविन्द्र पौडेल विजयी
२०८३ असोज १७, शनिबार
मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबको पोल्टामा
२०८३ असोज १७, शनिबार
ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै
२०८३ असोज १७, शनिबार
‘सांस्कृतिक राजा’को अवधारणासहित माओवादीले राजासँग सहकार्य खोजेको थियो : कमल थापा
२०८३ असोज १७, शनिबार
एसियाली खेलकुद : श्रीलंकाले जित्यो क्रिकेटमा कास्य पदक
२०८३ असोज १७, शनिबार
विराटनगरमा पहिलो पटक फोटो–भिडियो एक्स्पो हुँदै
२०८३ असोज १७, शनिबार
प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल
२०८३ असोज १७, शनिबार