असार २४, २०८२ मंगलबार July 8, 2025

लकडाउन थप्ने सरकारको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सरकारले लकडाउन जेठ ५ गतेपछि पनि थप गर्ने तयारी गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा रहेका एक मन्त्रीकाअनुसार संक्रमितको संख्या बढ्दै गएकाले लकडाउनलाई कायमै राख्ने सम्भावना छ । यसबारे सम्भवत भोलि समितिमा थप छलफल हुनेछ र मन्त्रिपरिषदमा प्रस्ताव जानेछ ।

समितिले शुक्रबार कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सम्भावित जोखिम र लकडाउन कसरी व्यवस्थित बनाउने भनेर जनस्वास्थ्य विज्ञ लगायतसँग छलफल गरेको थियो । ‘संक्रमितको संख्या बढ्यो भनेर आत्तिनु हुँदैन । भएर नभेटिनुभन्दा भेटिएको राम्रो हो भन्ने विज्ञहरुको सुझाव रह्यो’ एक मन्त्री भन्छन् ।

लकडाउन सुरु गर्नुअघिको तुलनामा सरकारको तयारी राम्रो रहेको तर यो पर्याप्त नभएको विज्ञहरुले बताएका छन् । उनीहरुले फ्रान्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीको सुरक्षामा बढी जोड दिएका छन् ।

‘डाक्टर, नर्सहरुलाई क्वारेन्टाइनमा राख्नुस् । एउटा टोली काममा हुँदा दुई वटा ब्याकअपमा राख्नुस् । कम्युनिकेसन राम्रो होस् भन्ने सुझाव पनि आएका छन्’ एक मन्त्रीले भने ।

सबैले परीक्षण र संक्रमितको कट्याक ट्रेसिङको दायरा अझ बढाउन सुझाव दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार