काठमाण्डाैंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले सीमा विवादका विषयमा मुलुकका सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन् । रासससंँग आज कुरा गर्दै उनले आफ्नो भूमि रक्षाका लागि सबै इमान्दारीपूर्वक एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका हुन् ।
पूर्वमन्त्री समेत रहेका बडुले भने, ‘सत्ता पक्ष, कुनै प्रतिपक्ष नभनी एक भएर सबैले एकजुट भए हाम्रो भूमि फिर्ता हुन्छ ।’ लिपुलेक क्षेत्रको विवाद त्रिदेशीय वार्ताका माध्यमबाट मिलाउनुपर्ने पनि उनले बताए । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया