भाद्र ३, २०८३ बुधबार August 19, 2026

साउदीमा १ हजार ३६४ नेपालीलाई कोरोना संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । साउदीमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या १३ सय ६४ पुगेको छ भने ७ जनाको ज्यान गएको छ ।

साउदी सरकारले दिएको जानकारी अनुसार मार्च २ देखि बिहीबारसम्ममा १३ सय ६४ जना नेपाली नागरिकमा कोरोना सङ्क्रमण पुष्टि भएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

जेद्दा क्षेत्रमा ३ जना र रियादमा रहेको नेपाली दूतावासले हेर्ने क्षेत्रमा चार जना नेपालीको कोरोनाको कारण ज्यान गएको दूतावासले जनाएको छ । साउदीको राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, कसिम क्षेत्रमा १९ जना र अन्य क्षेत्रमा ३ गरी रियादमा रहेको राजदूतावाले हेर्ने क्षेत्रमा १ हजार १६ जना नेपालीमा कोरोना सङ्क्रमण भएको छ ।

यस्तै जेद्दा क्षेत्रमा १७६, मक्कामा ६५, मदिनामा ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जना गरी ३४८ जना नेपाली सङ्क्रमित छन् । सङ्क्रमितमध्ये १७ जना महिला रहेका छन् ।

अघिल्लो हप्ताको मंगलबार अर्थात बैशाख ३० गतेसम्म ६७४ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको थियो । गएको ९ दिनमा मात्रै थप ६९० जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

साउदीले सङ्क्रमितमध्ये निको हुनेको सङ्ख्या नखुलाए पनि धेरै नेपाली निको भएको साउदीले दूतावासलाई जानकारी दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
२०८३ भाद्र ३, बुधबार
प्रेस काउन्सिलका चार सदस्यको शपथ
२०८३ भाद्र ३, बुधबार
अदालतको आदेश पछि इमरान खानलाई अदालत सारिदैँ, नौ महिना पछि भेटिन बहिनीले
२०८३ भाद्र ३, बुधबार
स्पेनिश कप्तान रोड्री ४ बर्षका लागि ६५ मिलियनमा बार्सिलोनामा अनुबन्ध
२०८३ भाद्र ३, बुधबार
कार्तिकले खोले होम प्रोडक्सन, कबिर खानसँग काश्मिरी युवतीको संघर्ष देखाउने
२०८३ भाद्र ३, बुधबार
पदमुक्त गरिएका युक्रेनी रक्षा मन्त्रीले भने, ‘तत्काल राष्ट्रपति निर्वाचन गरौं’
२०८३ भाद्र ३, बुधबार
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल नियुक्त
२०८३ भाद्र ३, बुधबार