असोज १८, २०८३ आइतबार October 4, 2026

भक्तपुरमा आफ्नै कोठामा लगेर २२ वर्षीया युवतीमाथि सामूहिक बलात्कार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भक्तपुर । भक्तपुरको मध्यपुरथिमिमा एक युवती सामूहिक बलात्कारको शिकार भएकी छिन् ।

मध्यपुर थिमि नगरपालिका–६ पुरानो थिमिमा डेरा गरी बस्ने २२ वर्षीय रोहित गिरीसहितका पाँचजनाले २० वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

गिरीले यही ८ गते बेलुका युवतीलाई ललाइफकाई आर्थिक प्रलोभनमा पारेर आफ्नै कोठामा लगेर बलात्कार गरी आफ्ना साथी कवाङ लामासहित चारजनालाई बोलाई रातभरि बन्धक बनाएर पटकपटक बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन ।

पीडित युवतीले यही जेठ ९ गते बिहान महानगरीय प्रहरी वृत्त ठिमीमा जाहेरी दिएपछि प्रहरीले काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका घर भई मध्यपुरथिमि–६ पुरानो थिमि बस्ने २९ वर्षीय कवाङ लामालाई पक्राउ गरेको उनले जानकारी दिएका छन ।

प्रहरीले आइतबार जिल्ला अदालत भक्तपुरबाट १० दिनको म्याद थप गरी अनुसन्धान शुरु गरेको र फरार अन्य चारजनाको खोजी भइरहेको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
२०८३ असोज १८, आइतबार
प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्यदेखि नयाँ संविधानसम्मको प्रस्ताव
२०८३ असोज १८, आइतबार
कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे
२०८३ असोज १८, आइतबार
काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
२०८३ असोज १८, आइतबार
घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ
२०८३ असोज १८, आइतबार
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना
२०८३ असोज १८, आइतबार
दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
२०८३ असोज १८, आइतबार