बैसाख २१, २०८३ सोमबार May 4, 2026

किन गरे बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहको खुलेर प्रशंसा ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सधैभरी पूर्वराजामाथि खनिने र पूर्वराजाको हरेक क्रियाकलापमा ब्यङ्य प्रहार गर्ने भट्टराईले नै उनको खुलेर प्रशंसा गरेका छन् भन्दा अचम्म लाग्दै गएको छ । यसअघि देश दौडाहा गर्दा समेत आलोचना गरिरहने भट्टराईले पूर्वराजाको नेपाली माटोप्रतिको माया स्तुत्य रहेको भन्दैसामाजिक सञ्जाल ट्ववीटमा लेखेका छन् ।

भट्टराईले भनेका छन् पूर्व राजा ज्ञानेन्द्र शाहको नेपाली माटोप्रतिको माया स्तुत्य छ । स्वाधीनता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको पक्षमा सबै नेपाली एकढिक्का छौं र हुनुपर्छ।

उनले थपेका छन् तर” हाम्रा पूर्खा”को अर्थ शाह वंश र गोरखाली (म समेत) मात्र नलागोस् ! यो माटोको आर्जन र रक्षामा खस-आर्य,आदिवासी जनजाति,मधेसी-थारू सबैको रगत बगेकोछ ।

यस्तो छ उनको ट्वीट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया