असार २४, २०८२ मंगलबार July 8, 2025

लोकसेवाको अन्तर्वार्तामा सहभागी हुन कोरोना परीक्षण अनिवार्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । लोकसेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) को अन्तर्वार्तामा सहभागी हुन पीसीआर विधिबाट कोरोना परीक्षण अनिर्वाय गरेको छ ।

आयोगले उपत्यकाबाहिर कार्यरत वा काम विशेषले लकडाउनको अवधिमा उपत्यकाबाहिर गरेका उम्मेदवारहरूले अन्तर्वार्ता अगावै कोभिड–१९ पीसीआर परीक्षण गराएर बुझाउन भनेको हो ।

परीक्षण गराउन कुनै कठिनाइ भए आयोग नै सहजीकरण समेत गरिदिने बताएको छ । आयोगले असार २ बाट विभिन्न समूहको सहसचिव पदका उम्मेदवारको अन्तर्वार्ता गर्दैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया