श्रावण ७, २०८२ बुधबार July 23, 2025

प्रदेशको सीमाङ्कन र संख्या हेरफेर गर्न माग गर्दै काँग्रेसद्धारा संसदमा संसोधन प्रस्ताव दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: प्रमुख प्रतिपक्ष दल काँग्रेसले संविधान संशोधन विधेयक दर्ता गरेको छ । काँग्रेस सांसद अमरेशकुमार सिंहले केन्द्रीय समितिको निर्देशनअनुसार संविधानका ११ वटा धारामा संशोधन प्रस्ताव दर्ता गरिएको बताए ।

संशोधन विधेयकमा प्रदेशको सीमाङ्कन र संख्या हेरफेर गर्न संघीय आयोग गठन गर्नुपर्ने, अंगीकृत नागरिकता दिन सहज बनाउनुपर्ने, सबै भाषालाई राष्ट्रिय भाषाका रुपमा परिभाषित गर्नुपर्ने लगायतका विषय समेटिएका छन्।

संशोधन विधेयक दर्ताका लागि काँग्रेसका ८ जना सांसदहरू सिंह, प्रदीप गिरि, उमाकान्त चौधरी, पद्मनारायण चौधरी, तेजुलाल चौधरी, चित्रलेखा यादव, नमिता चौधरी र अभिषेक प्रताप शाह संघीय संसद् सचिवालयमा पुगेका थिए ।

संशोधन विधेयकबारे सिंहले भने, ‘पहिले कांग्रेस नेतृत्वको सरकारले दर्ता गरेको विधेयक नै दर्ता गरिएको बताए  । उनले भने, केन्द्रीय समितिको निर्देशनअनुसार नै संशोधन विधेयक दर्ता गरेका हौं ।’

यसअघि समाजवादी पार्टी र राजपाले सोमबार मात्रै संसद् सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरेका छन् । सरकारका तर्फबाट नेपालको अद्यावधिक नक्सालाई निसान छापमा समावेश गर्न संविधान संशोधन विधेयक संसद्‍मा पेस भइसकेको छ ।

२०७४ भदौ ५ मा कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा पेश गरेको विधेयकमा सीमाङ्कन, नागरिकता, भाषा र राष्ट्रिय सभामा प्रतिनिधत्वका विषय छन् । त्यतिबेला यो विधेयक मतदानबाट अस्वीकृत भएको थियो ।

यस्तो छ काँग्रेसले संसदमा दर्ता गरेको संसोधन दर्ता बिधेयकः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार