असार २४, २०८२ मंगलबार July 8, 2025

संसदीय विशेष समिति गठन गर्न माग गर्दै सभामुखलाइ बुझाए ज्ञापनपत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः विभिन्न राजनीतिक दलका नेता र अधिकारकर्मीले रुकुमपश्चिम चौरजहारी नगरपालिका-८ मा भएको घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गर्दै बिहीबार सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गणेश विक, नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभाका सभासद जीवन परियार लगायत नेता तथा अधिकारकर्मीले बिहीबार सभामुख सापकोटासँग भेट गरी सो माग गरेका हुन् ।

यही जेठ १० गते रुकुमपश्चिम चौरजहारी नगरपालिका-८ सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथी लिएर केटीको घरमा जाँदै गर्दा स्थानीयवासीले कुटपिट गरी हत्या गरिएको पीडित परिवारको भनाइ छ । मृतक नवराजको शव भेरी नदीमा भटिएको थियो ।

नवराजसँगै केटीको घरमा गएका अन्य पाँच जनाको शव पनि भेरी नदीमा भेटिएको थियो । सोही घटनामा एक बेपत्ता छन् ।

सभामुख सापकोटाले घटनाप्रति आफू संवेदनशील रहेको बताउँदै संसदीय छानबिन समिति गठन गर्न संसदीय दलसँग छलफल गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार