भाद्र २, २०८३ मंगलबार August 18, 2026

EDV-2021 चिठ्ठाको नतिजा भोली सार्वजनिक हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अमेरिकाले गत वर्ष खोलेको डाइभर्सिटी भिसा (डीभी) चिठ्ठाको नतिजा भोली सार्वजनिक गर्ने भएको छ।

अमेरिकामा स्थायी बसोबासको सन् २०२१ लागि अनुमति प्राप्त हुने डिभी चिट्ठाको नतिजा नेपाली समय अनुसार भोली जेठ २४ गते शनिबार राति ०९:४५ बजे प्रकाशन हुने अमेरिकी दूतावासले जनाएको छ।

अमेरिकी दूतावासका अनुसार कन्फर्मेसन नम्बर प्रयोग गरी https://www.dvlottery.state.gov/ मा नतिजा हेर्न सकिने जानकारी दिएको छ।

यदि तपाईंले सो नम्बर बिर्सनुभएको छ भनेपनि “Forgot Confirmation Number” मा क्लिक गरी मागेको विवरण दिएर नतिजा हेर्न मिल्ने दूतावासले जनाएको छ।

‘दूतावासले डिभी विजेताहरुलाई सफल भएको जानकारी गराएको भन्दै कुनै इमेल नपठाउने तथा भिसा अन्तर्वाताको लागि अग्रिम शुल्क बुझाउन कुनै पनि व्यहोराको इमेल, चिट्ठी या अन्य अनुरोध नपठाउनेसमेत दूतावासले जानकारी दिएको छ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया