भाद्र २, २०८३ मंगलबार August 18, 2026

कोरोना सङ्क्रमितलाई लिएर आउँदै गरेको एम्बुलेन्स दुर्घटना, पाँच सङ्क्रमित घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२७ जेठ, अर्घाखाँची । कोरोना सङ्क्रमितलाई आइसोलेशनमा लिएर आउँदै गरेको एम्बुलेन्स गए राति दुर्घटना हुँदा पाँच सङ्क्रमित घाइते भएका छन् ।

सन्धिखर्क नगरपालिका वडा नम्बर ७ चन्द्रप्रभा माविको क्वारेन्टाइनबाट कोरोना सङ्क्रमित लिएर वडा नं १ हटारीनेटाको आइसोलेशनमा आउँदै गर्दा खाँचीकोट डिहिडाँडा फर्जेङ खोला बजार नजीकै लु १ च ३५३५ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो ।

घाइते पाँचै जनाको हटारीनेटाको आइसोलेशन वार्डमा राखी उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानाकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया