असार २४, २०८२ मंगलबार July 8, 2025

नेपालसँग तत्काल वार्ता थाल्न भारतीय पूर्व विदेशमन्त्री सिन्हाको जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२७ जेठ, काठमाडौँ । भारतका पूर्व बाह्य मामिलामन्त्री यशवत सिन्हाले नेपालसँग तत्काल वार्ता गर्नुपर्नेमा जोड दिएका छन् ।अङ्ग्रेजी दैनिक दि हिन्दूमा आज प्रकाशित टिप्पणीमा उनले भारत र नेपालबीचको शान्ति र मैत्रीमा आँच पुग्ने गतिविधिको अन्त्यका लागि रचनात्मक संवादमा विश्वास राखेर सहानुभूतिका साथ वार्ता गर्नुपर्ने अपरिहार्यतालाई औँल्याएका छन् ।

श्री सिन्हा र नीति विश्लेषक एवं स्तम्भकार अतुल ठाकुरका नाममा प्रकाशित टिप्पणीमा सहज र असहज अवस्थामा भारत र नेपाल साथसाथै रहनुपर्छ, कूटनीतिक वार्ता जतिसक्दो चाँडो पुनः प्रारम्भ हुनुपर्छ भनिएको छ ।

नयाँदिल्ली र काठमाडौँस्थित दुवै देशका राजदूतावासलाई स्वतन्त्रपूर्वक कार्यसम्पादन गर्न दिनुपर्ने तथा २०७२ सालको जस्तो परिस्थिति कुनै पनि हालतमा दोहोरिन नहुने टिप्पणीमा उल्लेख गरिएको छ ।

“कोभिड–१९ को सङ्कटकाल भनेर भारत वार्ताबाट पन्छिन मिल्दैन, बाह्य मामिला मन्त्रालयको पछिल्लो वक्तव्य व्यवहारमा रुपान्तरण हुनुपर्छ, रचनात्मक वार्ताको माध्यमबाट विश्वास र भरोसालाई पुनःस्थापना गर्नैपर्छ”, टिप्पणीमा भनिएको छ ।

महामारीको समय छिमेकसँग शत्रुतापूर्ण व्यवहार गर्ने बेला नभएको, वर्तमान समयमा दक्षिण एशियामा सुदृढ क्षेत्रीय र उपक्षेत्रीय सहयोगलाई गति दिने नेतृत्व भारतले गर्नुपर्ने सुझाव दिइएको छ ।

“भारत र नेपालको सम्बन्ध वर्तमान सरकार र कूटनीतिभन्दा अधिक महत्वयुक्त छ, सभ्यताकालदेखिको साझा सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्धका कारण दुवै राष्ट्रबीचको अन्योन्याश्रित सम्बन्ध सरकारबीचको मात्र होइन, भारतलाई सुरक्षित राख्ने युद्धकौशलमा उत्कृष्ट गोर्खा राइफल नेपालीबिना अपूर्ण हुन्छ, त्यसैले पारस्परिक द्वन्द्वको कुनै स्थान छैन, भारतको स्वतन्त्रता सङ्ग्राममा पनि नेपाली जनता लडेका थिए”, टिप्पणीमा उल्लेख गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार