काठमाडौँ । कुवेतबाट नेपाली कामदार लिएर बुधबार एउटा विमान आउने भएको छ ।
यसअघि बुधबार कुवेतले दुईवटा फ्लाइटमार्फत त्यहाँ कार्यरत नेपाली कामदारलाई फर्काउन लागेको बताइए पनि बुधबार एउटा मात्रै विमान आउने भएको कोरोना संकट व्यवस्थापन केन्द्र (सीसिएमसी) स्रोत र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ।
सरकारले विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने निर्णय गरेपछि आफ्नो देशमा अलपत्र नेपाली कामदारलाई कुवेतले आफै पठाउन लागेको हो ।
कुवेतमा अवैध, श्रम सम्झौता सकिएका र आम माफी पाएका नेपालीको संख्या पाँच देखि ८ हजार रहेको छ । बुधबार एउटा विमानमा १५० जना नेपाली आउने र सबै महिला रहेको सीसीएमसी स्रोतले बताएको छ ।
यसअघि गएको शुक्रबार एयर अरेबियाले दुबईबाट एक सय ६८ नेपाली कामदार लिएर आएको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया