असार २४, २०८२ मंगलबार July 8, 2025

सांसद गिरिलाई एक हप्ताभित्र बर्खास्त गर्न युवा संघको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रियता विपरितको अभिव्यक्ति दिने सांसद सरिता गिरीलाई एक हप्ता भित्र सांसद पदबाट हटाउन रष्ट्रिय युवा संघले माग गरेको छ ।

बुधबार विहान एक विज्ञप्ति जारी गरी संघले नेतृ गिरीलाई संघयी संसदको सदस्यबाट अविलम्ब फिर्ता बोलाउन उनको पार्टी जनता समाजवादी पार्टी समक्ष एक हप्ताको अल्टिमेटमसहित माग गरेका हो ।

संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संघीय संसद सचिवालय र जनता समाजवादी पार्टीले एक हप्ताभित्र आवश्यक कानुनी कारबही अघि नबढाए यो विषयलाई हाम्रो संगठनले गम्भीरतापूर्वक लिने बेहोरासमेत यसै वक्तव्यमार्फत स्पष्ट गर्न चाहान्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् निज सरिता गिरी र सम्बन्धित दल हुने व्यहोरा समेत अग्रिम जानकारी गराउन चाहान्छौं।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया