जेठ २३, २०८३ शनिबार June 6, 2026

जुवाको खालबाट सात युवा पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

३२ जेठ, भद्रपुर । बन्दाबन्दीको बेला जुवा खेल्ने झापाको कनकाई नगरपालिकाका सात युवा रु ७१ हजार नगदसहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार कनकाई नगरपालिका–३ टप्पु टोलस्थित चेतनकुमार प्रसाईँको घरको भुइँतलामा गलैँचा ओछ्याएर जुवा खेलिरहेका बेला प्रहरीको टोलीले शनिबार दिउँसो ती युवालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कनकाई–३ का विष्णुप्रसाद उप्रेती, लिलु अग्रवाल, सुरज चुडाल, हरि खरेल र ओमप्रकाश चापागाईँ छन् भने कनकाई–४ का मानबहादुर श्रेष्ठ र हरिबहादुर श्रेष्ठ रहेका छन् ।

प्रहरीले जुवाको खालबाट सो नगद, क्यान्डिड पाउडर र एक थान गलैँचा बरामद गरेको जनाएको छ । पक्राउ परेकालाई अनुसन्धान गरी कारवाहीका लागि अनारमनी इलाका प्रहरी कार्यालयमा राखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार
ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
२०८३ जेठ २३, शनिबार
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
२०८३ जेठ २३, शनिबार
आजदेखि रास्वपाको जिल्ला अधिवेशन सुरु
२०८३ जेठ २३, शनिबार