काठमाडौंः भोजपुरको उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिका-३ मा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको टेम्केमैयुङ गाँउपालिका-१ सुम्लीखाका रामजी राउतकी अन्दाजी १० वर्षीया छोरी कृतिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ ।
मामली घर आएकी बालिकालाई आइतबार साँझ भीषण वर्षासँगै परेको चट्याङ लागेको थियो । चट्याङ लागेर गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि स्थानीय स्वास्थ्यचौकीमा लाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाका प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए ।
बालिकाको शवलाई आज उनका अभिभावक आएपछि कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि पठाइने खतिवडाले बताए । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया